Nepal Times
Nepal Times
3
Shares

दुई खेलाडीमा कोरोना देखिएसंगै जर्मनको एक फुटबल क्लबका सवै खेलाडी र पदाधिकारी आइसोलेसनमा

दुई खेलाडीमा कोरोना देखिएसंगै जर्मनको एक फुटबल क्लबका सवै खेलाडी र पदाधिकारी आइसोलेसनमा

२८ बैशाख, एजेन्सी । जर्मन फुटबलको दोस्रो लिगमा खेल्ने डाइनामो ड्रेस्डेनका सबै खेलाडी र स्टाफलाई आइसोलेशनमा राखिएको छ ।

दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि क्लबका सबै खेलाडी र पदाधिकारीलाई दुई हप्ते आइसोलेशनमा राखिएको हो ।कोरोनाको महामारीबाट क्रमशः लयमा आउने क्रममा जर्मनीका खेल गतिविधिहरु पनि सुरु हुने तयारी छ ।

बुण्डेस लिगा तथा बुण्डेस लिगा टू यहि महिना सुरु हुँदैछ । महामारीका कारण रोकिएको बुण्डेस लिगाका खेलहरु मे १६ देखि सुरु हुने गरी तालिका सार्वजनिक भएको छ ।

तर डाइनामोले आफ्ना खेलाडी आइसोलेशनमा राखिएको बताएका छन् । गत बिहीबार जर्मन फुटबल एसोसिएशन (डिएफबी) ले लिगको यो सिजन स्वास्थ्य सम्बन्धी कडा नियम पालना गरेर मात्रै सुरु गर्ने पाउने घोषणा गरेको थियो ।

बन्द रंगशालामा हुने खेलका लागि हरेक खेलाडीको कोरोना भाइरसको परीक्षण अनिवार्य गरिएको थियो । खेलको दिनमा खेलाडी, कर्मचारी तथा खेल पदाधिकारी गरी गरिब ३०० जना रंगशालामा उपस्थित हुने छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.