Nepal Times
Nepal Times
3
Shares

दुई दिनदेखि अवरुद्ध राजमार्ग खुलाउन समस्या

दुई दिनदेखि अवरुद्ध राजमार्ग खुलाउन समस्या

२ असार, बैतडी ।

सडक माथिबाट पहिरो खस्दा दुई दिनदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलाउन समस्या भएको छ । बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो ।

लगातारको वर्षाका कारण सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

सडक माथिबाट ठूलो पहिरो खसेको र पहिरो पन्छ्याउन समस्या भएको हो । उनले भने, “जेसिबी मङ्गलबारदेखि तयारी अवस्थामा रहेको छ, लगातारको वर्षाले पहिरो खस्ने क्रम नरोकिएकाले पन्छाउन समस्या भएकोे छ ।”

राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरू दुई दिनदेखि बीच बाटोमै रोकिएका छन् ।

बझाङबाट धनगढी, महेन्द्रनगर, काठमाडौँ, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने ५० भन्दा बढी सवारी साधन र १०० भन्दा बढी यात्रुहरू पहिराका कारण रोकिएका प्रहरीले जनाएको छ । पहिराका कारण उक्त राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.