×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दुई देशबीचको सम्बन्ध पारस्परिक र समान लाभका आधारमा ः प्रधानमन्त्री ओली

३० बैशाख २०७५

काठमाडौँ, ३० वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र उपलब्धिबारे प्रतिनिधिसभामा आज सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले भने, “ दुई देशबीचको सम्बन्ध पारस्परिक र समान लाभका आधारमा अघि बढाएर लैजाने वातावरण बनेको छ ।”

राष्ट्रहितलाई शिरोधार्य गरी मनमा राखिएको छ, कहीँ कतै छोडिएको छैन भन्दै उनले देश र जनताको शिर निहुरिन दिने र कमजोर पार्ने काम नभएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने, “अहिलेभन्दा तीन वर्षअघि नेपाल र भारतबीचको सम्बन्ध तनावको अवस्थामा थियो, त्यो स्थितिबाट नाकाबन्दीको स्थितिमा गयो, नाकाबन्दीपछि कम्तीमा आज हामी यो स्थितिमा पुगेका छाँै । हामी छिमेकीसँग राष्ट्रिय लाभका लागि सन्तुलित सम्बन्धका कुरा गर्छांै । हामी दुश्मनी कसैसँग चाहँदैनौँ, मित्रता चाहन्छौँ, कसैसँग शत्रुता, वैरभावको होइन, मित्रताको सम्बन्ध चाहन्छौँ ।”

दुई देशबीचको सम्बन्ध बराबरीका आधार हुने तथा आवश्यकता र प्राथमिकताका आधारमा समान व्यवहार हुने बताउँदै उनले भारतका प्रधानमन्त्री मोदीको वक्तव्यमा नेपालको सार्वभौमसत्ता र अखण्डताका विषय खुलस्त प्रकट भएको उल्लेख गरे ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका बेला भएका छलफल र सहमति दुवै देशको स्वाभिमान र साझा लाभका विषय भएकाले तत्कालै अघि बढाइने बताउँदै उनले भने, “ढुक्क भए हुन्छ, सबै सहमति पारदर्शी छन्, कुनै विषयमा तलमाथि भएको छैन, त्यसको जिम्मेवारी म लिन्छु ।”

प्रधानमन्त्रीले एउटै पनि शब्द, काम र व्यवहार राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको प्रश्नमा कमजोर हुन नदिएको तथा राष्ट्रिय हित विपरीत नरहेको स्पष्ट पारे ।

छिट्टै चीन जाने

“हाम्रा दुवै छिमेकीसँग सम्बन्ध सुमधुर र सुदृढ बनाइनेछ, निकट भविष्यमा म चीन भ्रमणमा जानेछु ”, उनले भने ।
नेपाली जनताले गल्ती, कमजोरी र चुक्ने काम नहोस्, विगतका गल्ती पनि सच्याइयोस् भनी लगातार गरेको खबरदारीलाई आफूले अत्यन्तै सकारात्मक ढंगले लिएको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्र, राष्ट्रियता, स्वाधीनता र स्वाभिमानप्रति सरकार निकै सचेत रहेको उल्लेख गरे ।

राष्ट्रिय हित र स्वाभिमानमा नझुकीकन सन्तुलित र सुमधुर सम्बन्ध बनाइयोस् भन्ने पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता तथा बुद्धिजीवीप्रति धन्यवाद व्यक्त गर्दै उनले त्यसबाट नेपाल र भारतबीचको सम्बन्धलाई समयानुकूल र सुदृढ तुल्याउन योगदान पुगेको विश्वास व्यक्त गरे ।

“केही विषयमा हामीले सहमति गरेका छाँै, विगतमा भएका केही सम्झौतालाई हामीले कार्यान्वयन गर्नुपर्नेछ, त्यसलाई कार्यान्वयन गर्न समयसीमा तोकेका छौँ । नेपालको संविधान दिवसलाई आधार बनाई सहमतिलाई कार्यान्वयन गर्ने भन्ने सहमति भएको छ”, प्रधानमन्त्री ओलीले भने ।

काठमाडौँ–रक्सौल रेलका लागि भारतकै खर्चमा निर्माणका लागि सर्वेक्षण र जलमार्ग सञ्चालन गर्ने विषयमा कार्यदल बनाएर अघि बढ्ने सहमति भारतसँग भएको जानकारी प्रधानमन्त्री ओलीले दिए ।

असन्तुलन पनि भन्न नसुहाउने भयावह व्यापार घाटा न्यूनीकरण गर्न तीन महिनाभित्र व्यापार सन्धिको पुनरवलोकन गर्ने, चिया अदुवा, जुट र अलैँची निकासीमा देखिएका समस्या समाधान गर्ने, थप चार स्थानबाट हवाई मार्ग प्राप्त गर्ने, सीमा क्षेत्रका बाँधका नाममा बनाइएको सडकका कारण हुँदै आएको डुबान रोक्न संयुक्त कार्यदल बनाएर काम गर्ने विषय पनि भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा सहमति भएको उनले बताए ।

नेपालमा लगानीलाई प्रोत्साहन गर्ने कुरा भइरहेका समयमा भारतको एकतर्फी निर्णयले ऊर्जा क्षेत्रको विकास प्रभावित हुनुहुँदैन भन्दै उनले पाँच वर्षभित्र अरुण तेस्रो परियोजनाबाट विद्युत् उत्पादन गर्दै अन्तरदेशीय प्रसारण लाइन बनाइसक्ने सहमति भएको बताए ।

इनर्जी बैंक बनाउन प्रस्ताव
दुई देशबीच भएका १९५० लगायत सन्धिसम्झौता पुनरवलोकन गर्ने वा के गर्ने भन्ने सन्दर्भमा नेपाल–भारत प्रबुद्ध समूहबाट भइरहेको कार्यप्रति सन्तोष व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त सन्धि एउटा मुलुकको प्रधानमन्त्री र अर्काे मुलुकको राजदूतले हस्ताक्षर गर्नु नै असमान रहेको टिप्पणी गरे ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन गर्ने सन्दर्भमा त्यस क्षेत्रमा आवश्यकतानुसारका सडक र पुल निर्माण गर्न नेपालले गरेको प्रस्तावलाई भारतले सकारात्मक रुपमा लिएको बताउँदै प्रधानमन्त्री ओलीले विद्युत्को उपयोगलाई व्यवस्थित तुल्याउन इनर्जी बैंक बनाउन प्रस्ताव गरिएको जानकारी दिए ।

विराटनगर र भैरहवामा एकीकृत जाँचचौकी निर्माण छिट्टै गर्ने सम्बन्धमा अनौपचारिक सहमति भएको जानकारी दिँदै उनले ग्यास बुलेट, फर्मास्युटिकल्सको समस्या पनि छिटो समाधान होस् भन्ने चाहेको बताए ।

नेपालको बैंकिङ प्रणालीमा रहेको भारतीय नोटका विषयमा भारतीय पक्षबाट खास जवाफ आइनसकेको बताउँदै प्रधानमन्त्री ओलीले पारवहन सुविधाका लागि थप बन्दरगाह दिन आग्रह गरिएको तथा जलमार्ग र रेलमार्गका बारेमा पनि पत्राचार भएको बताए ।

‘मुख्यमन्त्रीको वक्तव्य अनुपयुक्त’
भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा अभिनन्दन गर्ने क्रममा मुख्यमन्त्रीबाट भएको वक्तव्य राष्ट्रिय हित र कूटनीतिक मर्यादाको दृष्टिकोणबाट कमजोर र अनुपयुक्त रहेको देखिएको प्रधानमन्त्री ओलीले स्पष्ट गरे । अभिनन्दनप्रति भने जनताको सकारात्मक चासो रहेको उनले बताए ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top