Nepal Times
Nepal Times
3
Shares

दुई पटक ओस्कार विजेता अभिनेत्री ओलिभियाको निधन

दुई पटक ओस्कार विजेता अभिनेत्री ओलिभियाको निधन

१२ साउन, एजेन्सी ।
हलिउडको ‘गोल्डेन एज’ की एकमात्र जीवित स्टार ओलिभिया डी हाभिल्याण्ड पनि बिदा भएकी छन् ।

उनको १०४ वर्षको उमेरमा निधन भएको हो । हलिउडमा ५० वर्ष भन्दा धेरै सक्रिय रहेकी ओलिभियाले झण्डै ५० चलचित्रमा काम गरेकी छन् । उनी सन् १९३९ को ‘गन विथ द विन्ड’ एक मात्र जीवित कलाकार थिइन् ।

ओलिभिया गन विथ द विन्डकै लागि ओस्कार अवार्डमा मनोनित भएकी थिइन् । त्यसबाहेक उनी अरु चारपटक ओस्कार अवार्डमा मनोनयनमा परेकी उनले दुई पटक अवार्ड जितिन् ।

ब्रिटिस–अमेरिकन अभिनेत्री ओलिभिया सन् १९६० देखि फ्रान्सको पेरिसमा बस्दै आएकी थिइन् । उनी हलिउडको स्टूडियो सिस्टमलाई तल पारेर कलाकारलाई राम्रो सम्झौता दिलाउने भूमिकामा महत्वपूर्ण व्यक्ति मध्येमा पर्छिन् ।

बहिनी जोन फोन्टेइसँग उनको सम्बन्ध निकै राम्रो थियो । फोन्टेइले पनि ओस्कार अवार्ड जितेकी थिइन् । ओलिभिया बढी उमेरसम्म जीवित रहने ओस्कार विजेता कलाकार पनि थिइन् । उनको निधन आइतबार पेरिस स्थित निवासमै भएको जानकारी दिइएको सिएनएनले जनाएको छ ।

ओलिभियाको जन्म जापानको टोकियोमा सन् १९१६ को जुलाई एकमा भएको हो । त्यसको केही समयपछि नै उनको परिवार अमेरिकाको क्यालिर्फोनिया गएको थियो । उनले एरोल फ्लीनसँग क्याप्टेन ब्लडमा काम गरेकी थिइन् ।

उनले द एड्भान्चर्स अफ रोबिन हूडमा पनि काम गरेकी थिइन् । गन विथ विन्डका लागि उनले ओस्कार जितिन् । उनले सन् १९४६ मा ‘टू इच हिव वन तथा सन् १९४९ मा द हाइरेसका लागि ओस्कार अवार्ड जितेकी थिइन् ।

सन् १९८० को दशकसम्म काम गरेकी उनले १९८६ मा एनास्टेसियाः द मिस्ट्री अफ एनाका लागि गोल्डेन ग्लोब अवार्ड जितेकी थिइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.