Nepal Times
Nepal Times
3
Shares

दुई वर्षमा दोब्बर भए चौँरी

दुई वर्षमा दोब्बर भए चौँरी

लिमी (हुम्ला) : हिमालपारिको गाउँको तुम्लिङमा रहेको चौँरी स्रोत केन्द्रमा दुई वर्षमा चौरीको सङ्ख्या शतप्रतिशतले वृद्धि भएको छ । स्रोत केन्द्रमा उन्नत याकको व्यवस्था हुँदा सबै चौँरी गाई ब्याएपछि सङ्ख्यामा वृद्धि भएको हो ।

चौँरी स्रोत केन्द्र व्यवस्थापन समितिका अध्यक्ष छिरिङ तामाङले स्थापना भएको दुई वर्षमै ११५ वटा चौरीको सङ्ख्या पुगेको बताउनुभयो ।

सुरुमा स्रोत केन्द्रमा ६३ वटा चौँरी थिए । उहाँले छोटो अवधिमा यसरी चौँरीको सङ्ख्या वृद्धि हुनुमा उन्नत याकको व्यवस्थाले सबै चौँरी गाई ब्याएका कारण यो सम्भव भएको बताउनुभयो । अर्को कुरा चौँरीका हेरालुको पनि व्यवस्थाले पनि यसरी चौँरीको सङ्ख्या वृद्धि हुनुमा महŒवपूर्ण सहयोग गरेको हो ।

चौरीको सङ्ख्या वृद्धि भएसँगै व्यावसायिक चौँरीपालनको सम्भावना बढेको छ । हल्जी र जाङ गाउँका स्थानीयवासीले सामूहिक रूपमा चौँरी स्रोत केन्द्रलाई सहयोग गर्दै आएका छन् । चाैँरीपालन व्यवसाय सङ्कटमा परेपछि कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा एक करोडको चौँरी स्रोत केन्द्र स्थापना भएको थियो ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.