×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दुर्गम क्षेत्र विकास समिति कायम राख्न माग

काठमाडौँ, पुस २३
नेपाली काँग्रेसका दुर्गम २२ जिल्लाका सभापतिले दुर्गम क्षेत्र विकास समिति कायम राख्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

सरकारले दुर्गम क्षेत्र घोषणा गरेका जिल्लाका सभापतिले शनिबार काठमाडौँमा बैठक बसेर दार्चुला, बझाङ, बाजुरा, जाजरकोट, मुगु, कालीकोट, हुम्ला, जुम्ला र डोल्पाका सबै स्थानीय तहलाई पिछडिएको क्षेत्र घोषणा गर्न माग गरेका हुन् ।

सभापतिहरुले दुर्गम क्षेत्रभित्र पर्ने जिल्ला आर्थिक, भौगोलिक एवं सामाजिक रुपमा ज्यादै पछाडि परेको र समितिको आवश्यकता अझ रहेकाले समिति खारेज गर्न नहुन मागसमेत गरेका छन् ।

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा गठन भए तापनि कानूनको अभावमा समितिले आफ्नो काम अगाडि बढाउन नसकेको भन्दै उनीहरुले समितिलाई कार्यसम्पादन सहज बनाउनुपर्ने बताएका छन् ।

संविधानको भाग ४, धारा ५१ (च) मा उल्लिखित विकाससम्बन्धी नीतिलाई आत्मसात गरी समितिलाई निरन्तरता दिन संविधानतः स्पष्ट देखिएको भन्दै यही समितिलाई निरन्तर दिन सभापतिहरुले सरकारसँग आग्रह गरेका हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले समितिलाई यथावत रुपमा राख्नेप्रति आफ्नो सधैँ सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै भेटमा सहभागी काँग्रेस मुगुका सभापति खड्गबहादुर शाहीले जानकारी दिए ।

भेटमा जाजरकोट सभापति दीपकजंग शाह, मुगुका खड्गबहादुर शाही, जुम्लाका दीपबहादुर शाही, सिन्धुपाल्चोकका विकास लामा, दोलखाका रुद्रबहादुुर खड्का, रुकुमका प्रेमप्रकाश ओली, बाजुराका कविराज पण्डित, रोल्पाका अमरसिंह पुन, संखुवासभाका दीपनकुमार श्रेष्ठ, सोलुखुम्बुका विनोद बस्नेत, दार्चुलाका ललितजंग बोहरा, मनाङका टेकबहादुर गुरुङ र कालीकोटका सभापति हर्षबहादुर बम थिए ।

यस्तै गोरखाका हरिबहादुर घले, रसुवाका पेम्बाछिरिङ तामाङ, अछामका भरतबहादुर स्वाँर, डोल्पाका अंगत बुढा, धादिङका रमेश धमला, बझाङका हर्कजंग सिंह, मुस्ताङका याङजिङ विष्ट, ताप्लेजुङका लीला बोहरा र हुम्लाका सभापति जयपति रोकायाको पनि सहभागिता थियो ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top