×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दुर्गा प्रसाईँ प्रहरीको हातबाट कसरी फुत्किए ?

१६ चैत्र २०८१

१७ चैत ,काठमाण्डौ ।

राजतन्त्रको पक्षमा हुने भनिएको प्रदर्शन जब हिंसात्मक बन्छ त्यसपछि काठमाण्डौंको तीनकुने स्थित आफूहरुकै लागि बनाएको मञ्चबाट आफ्ना निजी अङ्गरक्षक सहित केही युवालाई सेता गाडीमा राखेर जनकमान्डर भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ प्रहरीको ब्यारिकेट तोड्दै सुरक्षाकर्मीलाई नै किचौला जस्तो गरी गैरीगाँउको पेट्रोल पम्प तिर हुइँकिन्छन् ।

त्यहाँ प्रहरीले उनलाई रोक्ने प्रयास गर्छ । गाडीको बाहिर उभिएका मान्छेहरू प्रहरीले लाठीचार्ज गरेपछि भुईँमा खस्छन् । प्रसाईँको गाडीमा पनि प्रहरीले दोस्रो ब्यारिकेटमा पुगेपछि लाड्ठी चार्ज गर्छ । गाडीका सिसा फुटेको भिडियोमा देख्न सकिन्छ तर उनी त्यहाँबाट पनि अघि बढ्छन् ।

शुक्रवार साँझबाट फरार भएका दुर्गा प्रसाईँलाई सुरक्षा फौजले सबै शक्ति लगाएर पक्राउ गर्न खोजीरहेको छ । तर प्रहरीले अहिलेसम्म उनका बारे सुईको समेत पाउन नसकेको अवस्थामा आइतबार दिउँसो १ बजे प्रसाईँ सामाजिक सञ्जालमा देखा परेका छन् ।

प्रसाईँ कुनै एउटा मन्दिरको सिडीमा बसेर बोलेका छन् । आधा बाउले सटमा देखिएका प्रसाईँको अनुसार मलिन देखिन्छ । अरू बेला जस्तो जोश उनको बोलीमा छैन् । उनले भिडिओमा आफू नभागेको तर आफ्नो ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा सुरक्षित भएर बसेको बताएका छन् ।

‘म सुरक्षाकर्मीहरूलाई भन्न चाहन्छु, म तपाईँहरूभन्दा टाढा छैन । म भागेको छैन् । पुलिस प्रशासनले मलाई खोज्न पर्दैन । मलाई भेटेको ठाउँमा गोली हान्ने आदेश भएकाले म सुरक्षित मात्र भएर बसेको हुँ । म भाग्नलाई जन्मेको होइन ।’ उनले विगतमा आफू भाग्दै भाग्दिन भनेर भनिएका भिडिओहरु भाइरल बनिरहेका बेला उनले आजपनि आफू नभागेको दाबी गरेका छन् ।

नेपालका प्रधानमन्त्रीले आफूलाई गोली हान्ने आदेश दिएका कारण यसो गर्नु परेको उनको भनाइ छ । उनले शुक्रवार तीनकुनेमा कार्यक्रम स्थल पुग्नुभन्दा अघि नै स्टेजमा बाटोबाटै गोली र टियर ग्यास हान्न थालेको दाबी गरेका छन् ।

आफ्नै गाडीमा टियर ग्यास हानेपछि कि त यिनीहरूले मलाई पेरुको गोन्जालो जस्तो थुन्नुप¥यो कि त मार्ने षडयन्त्र गरेको हो भन्ने थाहा पाएपछि पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्थानमा मात्र पुगेको उनको जिकिर छ ।

उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला पहरी परिसर काठमाडौँ र प्रहरी प्रधान कार्यालयको टोलीले उनको खोजी तीव्र बनाएको भएपनि दुई दिन भई सक्दा पनि उनको पत्तो लगाउन सकेको छैन ।

प्रसाईँ चक्रपथ हुँदै ललितपुर तर्फ लागेको सम्मको सूचना प्रहरीलाई छ । यति बेला प्रहरीको ध्यान ‘ललितपुरमा केन्द्रित छ । तर प्रसाईँ हात लाग्न सकेका छैनन् ।जनकमाण्डर भनिएका दुर्गा प्रसाईँ आफैँले सवारी चलाएर सुरक्षाकर्मीलाई सेतो रङ्गको गाडीले पेल्दै अगाडी बढेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

त्यहाँबाट जनकमान्डर दुर्गा प्रसाईँ र पुष्कर खतिवडा नजिकैको एक सटरमा लुकेर बसेका थिए । आन्दोलन चर्किँदै गएपछि प्रसाईँ गाडी निकालेर प्रहरीको घेरा तोड्दै भागेका थिए । त्यसपछि उनी धर्मगुरु पुष्कर खतिवडाको घर पुगे ।

प्रहरीले गिरफ्तार गर्ने थाहा पाएसँगै फरार रहेका प्रसाईँ खतिवडाको घर ईमाडोलबाट पनि भागेका हुन् । प्रसाईँको मोबाइलको ट्रेसिङ गर्दा ईमाडोल देखाएको थियो । तर प्रहरीले धर्मगुरु खतिवडालाई पक्राउ गरे पनि प्रसाईँ भने ईमाडोलवाट पनि भाग्न सफल भए ।

प्रसाईँलाई नियन्त्रणमा लिएर फौजदारी मुद्दामा कारबाही गर्ने सरकारको तयारी छ । प्रदर्शनमा सहभागी अर्को आयोजक समूह ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।

प्रदर्शनमा नेतृत्वदायी भूमिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ लाई प्रहरीले शुक्रबारराति नै पक्राउ गरी सकेको छ ।

प्रसाईँलाई प्रहरीको पक्राउ ग¥यो भने यसै वर्षको उनको यो तेस्रो तर समग्रमा चौथो पक्राउ हुनेछ । यस अघि गएको असोज ६ गते प्रसाईँलाई भक्तपुरस्थित घरबाटै प्रहरीले पक्राउ गरेको थियो ।

प्रसाईँमाथि विभिन्न व्यक्तिहरूलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिने गरेको आरोपमा साइबर अपराधको उजुरी परेपछि पक्राउ गरिएको थियो । त्यस बेला प्रसाईँलाई पक्राउ गर्न गएको प्रहरीलाई गेट नखोलेपछि भ¥याङ लगाएर प्रहरी घरभित्र प्रवेश गरी नियन्त्रणमा लिएको थियो ।

दोस्रो पटक मङ्सिर ४ गते फेरि प्रसाईँ पक्राउ परेका थिए । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई पक्राउ गरेको थियो ।

‘सामाजिक सन्जालमार्फत् अफवाह फैलाएको भन्दै नियन्त्रणमा लिएको थियो । उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायत विरुद्ध भ्रामक प्रचार गरेको आरोप थियो ।

साइबर अपराधको कसुरमा अदालतबाट छुटेका प्रसाईंलाई अदालतबाटै फेरि सार्वजनिक अपराधको अभियोगमा पक्राउ गरिएको थियो । तर समग्रमा यी तीन वटै आरोपमा उनी अदालतबाट धरौटीमा छुटेका थिए ।

झापाका मेडिकल व्यवसायी प्रसाईँले ठूलो बैङ्किङ रकम तिर्न बाँकी छ । उनी माओवादी, एमाले हुँदै राजतन्त्रको पक्षपाती भएर अहिले निस्केका हुन् । गतवर्षदेखि मात्रै उग्र राजावादी बनेका प्रसाईँ चार दिन अघि पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेपछि आन्दोलनको जनकमान्डर बनेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top