×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दुर्गा प्रसाईंको आन्दोलनमा अश्रुग्यास र पानीको फोहरा

७ मंसिर २०८०

७ मंसिर, काठमाण्डौ ।
दुर्गा प्रसाईंका प्रदर्शनकारीहरुमाथि बल्खुमा प्रहरीले बल प्रयोग गरेको छ । बल्खुमा कार्यक्रम समापन गरेर नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लाग्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । अश्रुग्यास प्रहारपछि भागाभाग भएका थियो । प्रदर्शनकारीहरू तितरबितर भएर अहिले बल्खुचोक नै खाली भएको छ ।

प्रसाईंलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिए पनि उनीहरू कालिमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो । प्रहरीले रोकेपछि त्यहाँ झडप सुरु भएको थियो । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरा समेत प्रहार गरेको छ । प्रदर्शनकारीलाई प्रहरीले बल्खुमा नै रोकेको छ ।

कालिमाटीतर्फ अघि बढेको आन्दोलनकारीको गाडीको साँचो पनि प्रहरीले खोसेको छ । यता प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरिरहेका छन् । यसअघि सोही स्थानमा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबिच झडप भएको थियो । प्रसाईका समर्थकले तिनकुनेबाट आएका युवासंघका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि आफूहरुमाथि प्रहरीले बल प्रयोग गरेको आरोप लगाएका छन् ।

प्रहरीले तीनकुने र बल्खुमा जामर भेहिकल प्रयोग गरेको छ । मोबाइल नेटवर्क कमजोर पार्न प्रहरीले जामर भेहिकल प्रविधिको प्रयोग गरेको हो । अहिले पनि तीनकुनेमा युवासंघको कार्यक्रम जारी छ । युवासंघ र प्रसाईंका कार्यकर्ताबीच झपड नहोस् भनेर उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । तर विहानै दुई पक्षबीच झडप भएको थियो । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले बल्खुमा आयोजना गरेको प्रदर्शनमा युवा सङ्घका कार्यकर्ता पुगेपछि दुई समूहबीच ढुङ्गा हानाहान भएको थियो ।

लगत्तै प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो । काठमाडौं उपत्यकाको बालाजु, गोंगबु, सल्लाघारी, बालकुमारी, सुविधानगर जावलाखेल, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अगाडि, सातदोबाटोलगायत स्थानमा मानिसहरू भेला भएका छन् । सितापाइला, टोखा, पेप्सीकोला सल्लाघारी र सामाखुसीबाट तीनकुनेका लागि ¥याली निस्किएको छ ।

त्यस्तै गौशाला र बिजिमहलबाट बल्खुको लागि ¥याली गएको छ । कार्यक्रमका कारण सिनामंगलबाट तीनकुने हुँदै नयाँबानेश्वर आउने सवारी साधनलाई डाइभर्सन गरिएको छ । कलंकीबाट बल्खुतर्फ मुख्य लेन भएर चल्ने सवारी साधनलाई यतिबेला सर्भिसलेनबाट चलाइएको छ । काठमाडौंको जयबागेश्वरी, मित्रपार्क, चावहिल चोकमा सवारी साधन ‘क्यु’मा चलिरहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top