×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

६ मंसिर २०८२

५ मंसिर, काठमाण्डौ ।

दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र राष्ट्रिता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ ले विभिन्न बैंक, वित्तीय संस्था र शैक्षिक संस्थालाई धम्कीपूर्ण पत्र पठाउँदै चन्दा माग गरेको धम्कीपूर्ण पत्र बाहिरिएको छ ।

मंसिर ७ गतेबाट देशव्यापी अनिश्चितकालीन आमहड्तालको घोषणा गरेको प्रसाईंको अभियानले आफूहरूलाई साथ नदिए हुने तोडफोड, आगजनी र लुटपाटको जिम्मेवारी नलिने चेतावनी दिएको हो ।

प्रसाईं नेतृत्वको अभियानले आर्थिक सहयोगका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई पत्र काटेको भेटिएको छ । प्रसाई भने अहिले शान्ति सुरक्षा भाँड्ने खालका अभिव्यक्ति दिएको आरोपमा थुनामा छन् ।

सर्वाेच्चले उनलाई बिहीबार मात्रै बन्दीप्रत्यक्षीकरणको सुनुवाइ गर्दै २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। अभियानका केन्द्रीय अर्थ संयोजक देविप्रसाद संग्रौलाले हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, ‘…तपाईं राष्ट्रवादी देशभक्तहरूले स्वेच्छिक रुपमा नैतिक, आर्थिक, भौतिक सहभागीतासहित सहयोग गिरदिन हुन अपिल र आह्वान गर्दछौं ।’

उक्त पत्र पाएपछि बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरू (सीईओ) छलफलमा जुटेका छन् । नियामक नेपाल राष्ट्र बैंकले भने बैंक बन्द गराउने र चन्दा मागेर धम्की दिने लगायतको कसैबाट पनि हुन नहुने र त्यसो भएमा सरकारसँग यसबारे छलफल गर्ने जनाएको छ ।

शान्ति सुरक्षा भाँड्ने खालका अभिव्यक्ति दिएको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंले केही दिनअघि धार्मिक गुरूहरूको मठमै गएर आफ्नो आन्दोलन र आर्थिक सहायताबारे छलफल गरेका थिए। पक्राउ पर्नुभन्दा केही दिनअघिको उक्त छलफलको भिडिओ ’हिमाल न्यूज’ ले सार्वजनिक गरेको छ।

त्यसमा माला लगाएर बसेका प्रसाईंले धर्मगुरूसँग आफ्नो आन्दोलनका लागि आर्थिक सहयोग मागेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा गतिविधि गरिरहेका प्रसाईंले नेपालको राष्ट्रियता र हिन्दु धर्म खतरामा परेको भन्दै त्यसलाई जोगाउने आन्दोलनका लागि धर्मगुरूहरूसँग चन्दा मागेका हुन्।

’यो आन्दोलनलाई सहयोग गर्न तपाईंहरू के गर्न सक्नुहुन्छ? बिनापैसा त आन्दोलन हुँदैन। मैले लड्ने यो अन्तिम लडाइँ हो,’ उनले भनेका छन्, ’यो लडाइँ लड्न मलाई हतियार चाहिएको छ। हतियार भनेको बन्दुक वा गोलीगठ्ठा होइन। मलाई अहिले पैसा चाहिएको छ।’ ’यो पैसा मैले व्यक्तिगत प्रयोगका लागि माग्न आएको होइन। देश जोगाउन पैसा चाहिएर माग्न आएको हुँ,’ उनले भनेका छन्।

यति मात्र होइन, उनले आफ्नो आन्दोलनमा सहयोग गर्न देशभरिबाट साधुसन्त बोलाउन पनि धर्मगुरूहरूसँग आग्रह गरेका छन्। ’म गेरूवस्त्र बिनाको जोगी हुँ। दुर्गा माताको भक्त हुँ। मैले पाथीभरा माताको दर्शन गर्न जाँदा आफ्ना छोराछोरीका लागि केही मागिनँ। यो व्यवस्था परिवर्तन गर्ने, संविधान परिवर्तन गर्ने शक्ति दिनुस् भनेर मागेँ,’ उनी भन्छन्, ’यो व्यवस्था परिवर्तन भएन भने म आफ्नो मुख देखाउन आउँदिनँ भनेर पाथीभरा मातालाई भनेर आएको छु।’

बैंक तथा वित्तीय संस्थाले ऋण मिनाहा गर्नुपर्छ भन्ने मागसमेत राख्दै आएका प्रसाईंले आफू बैंकहरूविरूद्ध होइन, संविधानविरूद्ध नै लागेकाले सहयोग गर्न आग्रह गरेको बैंकका सिइओहरुले बताएका छन् ।

प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्ति दिँदै आएका थिए। देश गृहयुद्धमा जान लागेको र त्यसका लागि रासनपानी बन्दोबस्त गरेर राख्नू भन्ने जस्ता अभिव्यक्ति दिएर उनले समाजलाई भ्रमित पार्दै आएका थिए।

सामाजिक सञ्जालमा भाइरल भइरहेका उनका अभिव्यक्ति पत्याएर धेरैमा डर र त्रास छाएको थियो। त्यसबाहेक राजनीतिक तथा निजी क्षेत्रका सार्वजनिक व्यक्तित्वमाथि लाञ्छना लगाउने काम पनि उनले गर्दै आएका थिए।

पुष्टि नभएका आधारहिन र भ्रमपूर्ण सूचना फैलाएर राज्यविरूद्ध भड्काउने अभिव्यक्ति पनि दिँदै आएका थिए। त्यही क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीतर्फ लक्ष्य गर्दै व्यक्तिगत गालीगलौजपूर्ण अभिव्यक्ति र प्रहरीलाई लक्ष्य गर्दै भड्काउ भाषण दिएपछि शान्तिसुरक्षाको निम्ति उनलाई पक्राउ गरिएको छ ।

उनको समूहले उनलाई विनाशर्त रिहा गर्न अल्टिमेटम दिएको छ । उनीहरुको समूहबाट सरकारी वेभसाइटहरु ह्याक गरे धम्कीपूर्ण सन्देशहरु राखिएका घटनाहरु पनि सार्वजनिक भएका छन् ।

आन्दोलन घोषणा लगत्तै सरकारले वार्तामा बोलाएपनि प्रसाईको समूहले संविधान नै प्रतिकुल हुनेगरी संघीयता र संविधान खारेजीसहितका २७ बुँदे माग राखेका थिए र ती मागहरुपूरा हुन् नसक्ने सरकारले बताइसकेको छ ।

वार्तामा प्रसाई भने गएका थिएनन् । उनको समूहले निर्वाचन आयोगमा नागरिक बचाउ दल दर्ता गरिसकेको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top