×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दुर्गा प्रसाईले भेटे पूर्व राजा, के भयो कुरा ?

१५ माघ २०८०

१५ माघ, काठमाण्डौ ।

राजसंस्थाको वकालत गर्दै वित्तिय संस्थाहरुबाट लिइएको २० लाख भन्दा मुनिको ऋण मिनाह गर्नुपर्ने अभियानमा सक्रिय रहेका मेडिकल व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । प्रसाईले सोमबार विहान बाराको सिमरामा पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका हुन् ।

आफ्नो फेसबुक पेजमा पूर्वराजा शाह र आफ्नो फोटो पोष्ट्याउँदै श्री ५ महाराजधिराजसँग अर्थपूर्ण भेट भएको उनले उल्लेख गरेका छन् । ‘श्री ५ महाराजधिराजसँगको अर्थपुर्ण भेट । लधुवित्त, सहकारी, बैंकबाट पिडित नागरिकहरुले र भ्रष्ट नेता बाट प्रताडित देशले छिट्टै निकास पाउनेछ।’ उनले लेखेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रको निमन्त्रणमा नै प्रसाई शाहलाई भेट्न बारा पुगेका थिए । राष्ट्र, राष्ट्रिय, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष समेत रहेका प्रसाईले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने यसअघि नै घोषणा गरिसकेको अवस्थामा पूर्वराजाको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पूर्वराजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा पूर्वराजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने उनले दाबी गरेका छन् । प्रसाईँले पूर्वराजाले पनि चुप लागेर दरबारभित्र बस्न छाडेर जनताको आँशु पुछ्न सडकमा आउनुपर्ने बताउँदै आएका छन् ।

प्रसाईले गत फागुनदेखि सञ्चालन भएको आफूहरुको महाअभियानको यात्राको एक वर्ष आगामी फागुन १ गते पुग्ने भएकाले सोही दिन काठमाडौँमा बृहत कार्यक्रमको आयोजना गरी बैंक, सहकारी र वित्तीय संस्थाहरुले गरेको सम्पूर्ण विवरण प्रतिवेदनसहित उजागर गर्ने बताउँदै आएका छन् । पूर्वराजा ज्ञानेन्द्र भने पछिल्लो समय तराई मधेशको भ्रमणमा छन् ।

शनिबार मात्रै उनले वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गरेका छन् । सोक्रममा पूर्वराजा शाहले २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा आफूलाई जोडेर नकारात्मक प्रचार गरिएको आरोप लगाएका छन् । उनले दरबार हत्याकाण्डबारे जनतामा भ्रम फैलाएर नकारात्मक भावना फैलाउने काम भएको टिप्पणी गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top