×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दुर्घटनामा घाइते एक सहचालकलाई अर्का सहचालक र चालक मिलेर कालीगण्डकीमा बगाइदिए

१० चैत्र २०७७

१० चैत, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा ट्र्याक्टरबाट खसेर घाइते भएका एक सहचालकलाई अर्का सहचालकसँग मिलेर चालकले कालीगण्डकीमा बगाइदिएको प्रहरीले जनाएको छ ।

गल्याङ नगरपालिका पारीचौरमा पर्ने बेल्चौर साँखर कच्ची सडक खण्डमा गुडिरहेको लु अ फ १०२० अस्थायी नम्बर रहेको ट्र्याक्टरबाट खसेर घाइते भएका गणेश गाहालाई उनकै साथीहरुले कालीगण्डकीमा बगाएर बेपत्ता बनाइदिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

घाइते गाहालाई ट्याक्टर चालक अमित परियार र त्यही ट्र्याक्टरका अर्का सहचालक गल्याङ नगरपालिका ८ का २२ वर्षीय सुनिल रानाले त्यही ट्र्याक्टरमा राखी साखँर घाट कालीगण्डकीमा लगेर फालेको प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

चैत ५ गते राति १० बजे यो घटना भएको प्रहरीको भनाइ छ ।

घटना भएको जानकारी पाउनासाथ प्रहरी टोलीले कालीगण्डकी नदीमा खोजी गरिरहेको भए पनि गाहा अझै फेला परेका छैनन् । बेपत्ता गाहाको खोजतलास गर्न गोताखोर टोली ल्याउने तयारी भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

घटनामा संलग्न अर्का सहचालक सुनिल रानालाई प्रहरीले पक्राउ गरेको छ । रानाले यस घटनाबारे आफ्नो दिदीलाई भनेपछि घटना बाहिर आएको हो ।

रानालाई प्रहरीले ज्यानसम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दा दर्ता गरी सोमवार जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यस्तै फरार रहेका ट्र्याक्टर चालक अमित परियारको खोजी भइरहेको र ट्र्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top