×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

१९ जेठ, काठमाडौं ।

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र दूधमा आत्मनिर्भर हुने बताइन ।

आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा समेत दूधमा दुई वर्षभित्र आत्मनिर्भर हुने उल्लेख भएको हुनाले सोहीअनुसार कार्यक्रम बनाएर लक्ष्य पूरा गर्ने उनले बताएकी हुन् ।

२१औँ विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मङ्गलबार आयोजना गरेको अभौतिक कार्यक्रममा मन्त्री अर्यालले प्रतिव्यक्ति ११ लिटर दूध अपुग रहेको र त्यसलाई दुई वर्षभित्र पूरा गर्ने दाबी गरीन् ।

दुग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी बजेट ल्याएको बताउँदै उनले दुग्ध क्षेत्रमा भएका तमाम समस्या समाधानतर्फ मन्त्रालय लागिरहेको भन्दै उनले दूध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको बताइन् ।

कोभिड–१९ महामारीले दुग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उनले यस विषयमा मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताइन् ।

मन्त्री अर्यालले सरकारले दूध नीति अगाडि बढाएको भन्दै अहिलेको असहज परिस्थतिलाई विशेष अवस्थाको रूपमा बुझेर धैर्य गर्नसमेत किसानलाई आग्रह गरीन् ।

बोर्डका अध्यक्ष राजेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा कृषि मन्त्रालयका कृषितर्फबाट सचिव डा. योगेन्द्र कार्की, पशुपन्छीतर्फका निमित्त सचिव डा. विमल निर्मललगायत दूध क्षेत्रका विभिन्न सरोकारवालाको उपस्थिति थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top