×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

२ मंसिर २०८२

१ मंसिर, काठमाण्डौ।

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी पूर्वमन्त्री आरजु राणा देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्काविरुद्ध अनुशन्धान गर्ने बाटो खुलेको छ ।

उनीहरुमाथि सम्पत्ति शुद्धीकरणमा मुद्या चल्न सक्छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा, प्रचण्ड र दीपक खड्काको जलेको घरको खरानीमा नेपाली र विदेशी मुद्राको अवशेष रहेको फरेन्सिक रिपोर्ट प्राप्त गरेको छ ।

जेनजी आन्दोदलनका क्रममा जलाइएका ती घरको खरानी सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले संकलन गरी जाँच गर्न नेपाल प्रहरीको प्रयोगशालामा पठाएको थियो ।

त्यसको रिपोर्ट केही दिनअघि प्राप्त भए पनि विभागले सार्वजनिक गरेको छैन । विभाग र ब्युरोको टोलीले देउवा, प्रचण्ड, खड्कासहित तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको जलेको घरमा पुगेर खरानी संकलनसहित मुचुल्का उठाएको थियो ।

‘देउवा, दाहाल र खड्काको घरमा देखिएको, भेटिएका नोट र खरानीको फरेन्सिक जाँच गरिएको थियो । त्यसको रिपोर्ट आएपछि प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाललाई समेत बिफ्रिङ गरिएको विभागका अधिकारीले बताएका छन् ।

यो रिपोर्टपछि विभागलाई सम्पत्ति शुद्धीकरणमा देउवा, उनीक पत्नी आरजु देउवा, दाहाल र खड्कामाथि अनुसन्धान गर्ने बाटो खुलेको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले देउवा, दाहाल र खड्काको घरमा आगो लगाएपछि पैसाको थुप्रो जलेको भन्दै भिडियो सार्वजनिक गरिएका थिए ।

खड्काको घरबाट त प्रदर्शनकारीले पैसाका बिटा फालेको भिडियोसमेत सार्वजनिक गरेका थिए । त्यसपछि विभाग र ब्युरोले मुचुल्का उठाएर अनुसन्धानका लागि खरानीसहित जलेका अवशेष संकलन गरेका थिए ।

बुढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली रुपैयाँ (हजार÷पाँच सयका नोट) का जलेका टुक्राहरू भेटिएको विभागको दाबी छ । केही व्यक्तिहरुले देउवाको घरमा पैसा राख्ने सुरुङसमेत भेटिएको दाबी गरे पनि त्यसको पुष्टि भएको छैन ।

देउवाका स्वकीय सचिव भानु देउवाले विज्ञप्ति जारी गरेर घरमा पैसा राख्ने सुरुङ नभएको दाबी गरेका थिए । देउवा पार्टीको केन्द्रिय समितिमा आएर उक्त भिडियो फेक भएको, एआईले बनाएको दाबी गरेका थिए ।

यता प्रचण्डका निवासमा पनि पैसा राख्न प्रयोग गरिने सेफहरू फोडिएको भिडियोहरु सार्वजनिक भएका थिए । विभागका एक अधिकृतका अनुसार देउवा, दाहाल र खड्काको घरमा पुगेर मुचुल्का गर्दा डढेका नोट भेटिएका थिए ।

ओलीको घरमा भने पुस्तकहरु मात्रै जलेको भनिएको थियो। विभागले ओलीको घरको अवशेषबारे केही बताएको छैन । देउवा, आरजु र खड्कामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान जारी छ । विभागले हालसम्म संकलित प्रमाण हेर्ने कामलाई तीव्र पारेको छ ।

असोज ५ गते विभागको टोलीले देउवा र खड्कानिवास अवलोकन गरी क्षति र सम्पत्तिको मुचुल्का उठाएको थियो। उनीहरुको घरमा पैसा जलेकाले कारबाहीको माग उठेपछि विभागले अनुसन्धानका लागि टोली खटाएको हो।

विभागले सामाजिक सञ्जालमा आएका फोटा, भिडियो लगायतलाई पनि फरेन्सिक परीक्षणका लागि पठाएको थियो । प्रधानमन्त्री सुशीला कार्कीले असोज ९ गते राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको बताएकी थिइन् ।

यसैबीच नेपाली कम्युनिष्ट पार्टीका संयोजक समेत रहेका प्रचण्ड स्वयंले नै आफूजस्ता नेताका घरमा एकदुई करोड पैसा हुनु स्वभाविक भएको र आफूले घरमा भन्दा पनि छोरी र साथीभाइका घरमा पैसा राख्ने गरेको खुलासा गरेका छन् ।

साथै उनले जेनजी आन्दोलनमा आगजनी भएको आफ्नो घरबाट एक लाख नगद मात्रै भेटिएको दावी गरेका छन् । आफूले घरमा खासै पैसा राख्ने नगरेको उनको भनाइ छ ।

हिमालयन टेलिभिजनको यक्ष प्रश्नमा अन्तरवार्ता दिँदै प्रचण्डले आफूले सुरक्षाका खातिर १०–५ लाख रुपैयाँ गरेर साथीभाइको घरमा राख्न दिने गरेको खुलासा समेत गरेका छन् ।

यस्तै दुई ट्रक पैसा त अघिल्लो रात नै अन्तै लैजानुभयो भनेर एकजना पूर्वप्रहरी अधिकारीले भन्नुभएको छ नि भन्ने प्रस्तोताको प्रश्नमा उनले हाँस्दै भने, त्यसको खण्डनमा पनि सचिवालयबाट विज्ञप्ति आइसकेको छ ।

सावित गर भनेर चुनौति दिइएको छ । त्यो १०० प्रतिशत झूटो थियो । सबै हेर्दा कहीँ न कहीँ निकै ठूलो षडयन्त्र छ जस्तो लाग्छ नेपालका पार्टी र नेताहरुविरुद्ध । प्रहरीको पूर्वअफिसरले यति ठूलो प्रचार गर्ने र सेन्सेसन फैलाउने काम गरे ।

म राति १० बजेसम्म खुमलटारमा मिटिङमा छु । सबै नेताहरु त्यहाँ जम्मा छन् । ११ बजे बेडमा गएको छु । आरामसँग सुतेको छु । केको ट्रकमा लाने ? हावा कुरा ।त्यसपछि प्रस्तोताले पुनः यति ठूलो पार्टी सञ्चालन गरिरहनुभएको छ, देशैभरि संगठन छ, कार्यकर्ताको व्यवस्थापन गर्नुपर्छ । घरमा कहिले बिरामीको उपचार गर्नुपर्छ।

कार्यकर्ताको भिड लागेको हुन्छ । चन्दा पनि बैंकिङ च्यानलबाट त्यति धेरै आउँदैन । पार्टीको कोष सञ्चालनमा अध्यक्ष नै पावरफुल हुनुहुन्छ । त्यसैले शीर्ष नेताको घरमा एकाध करोड हुनु ठूलो त होइन नि ?

भनेर सोधेपछि प्रचण्डले आश्चर्यजनक स्वीकारोक्तिसहित भने, त्यो ठूलो कुरा होइन (एकाध करोड) हुन सक्छ । तर मैले घरमा पैसा राख्दैनथेँ । साथीहरुकैमा राखिदिन्थेँ । अलिअलि गरेर, बरु १० लाख, ५ लाख, ४ लाख गरेर विभिन्न ठाउँमा राख्दा सुरक्षित पनि हुन्छ र सजिलो पनि हुन्छ भनेर ।

फेरि पार्टीभित्र के हो भनेर प्रश्न पनि उठ्दैन । विभिन्न ठाउँमा राखेको छ थाहा छ साथीहरुलाई पनि । यस विषयमा आफुले र छोरी गंगा दाहालले पनि अनुशन्धानका लागि राज्यलाई सक्ने सहयोग गरिराखेको उनले बताए ।

यसअघि नै जेनजी आन्दोलनमा भएका सत्यतथ्य छानविन गर्न गठित आयोगले पनि फौजदारी अभियोगमा आयोगको प्रतिवेदन पर्खिन नपर्ने भन्दै प्रहरीलाई आन्दोलनसंग जोडिएका घटनामा आएका उजुरीका आधारमा कानून प्रक्रिया चलाउन सुझाएको थियो ।

जेनजी आन्दोलनका केही शहिदका परिवार र घाइतेहरुले सो दिन राज्यका तर्फबाट व्यापक दमन गरिएको भन्दै तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्, तर त्यहाँबाट प्रक्रिया अगाडि बढेको छैन ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top