×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

देउवा भोलि भारत जाने, ओलीलाई कहिले आउला निम्तो ?

७ फाल्गुन २०८१

७ फागुन , काठमाण्डौ ।

पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । लामो समयदेखि प्रयास गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणका लागि भारतले निमन्त्रणा नपठाएको अवस्थामा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवा भने भोलि भारत जान लागेका हुन् ।

भारतको प्रयागराजमा चलिरहेको महाकुम्भका अवसर पारेर उनी भारत भ्रमणमा जान लागेका हुन् । देउवाका स्वकीय सचिव भानु देउवाले भारत भ्रमण हुन लागेको बताएका छन् । इन्डिया फाउन्डेसनको आयोजनामा हुन लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलीटी’ कार्यक्रमको वक्ताको रुपमा देउवा भारत जान लागेका हुन् ।

शुक्रबार र शनिबार हुने कार्यक्रममा देउवाले समिटलाई सम्बोधन गर्नेछन् । देउवा सहभागी हुने यो कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुनेछन् । यस्तै कार्यक्रममा भुटानका विदेशमन्त्री, गुयानकी फस्ट लेडी, मलेसियाका मन्त्री, मौरिसका मन्त्रीलगायतका विदेशी पाहुना पनि सहभागी हुनेछन् ।

कुम्भ मेलामा आयोजित कार्यक्रमबाहेक देउवाको थप कार्यक्रम पनि तय भएको बताइएको छ । ४५ दिन चलेर १४ फागुनमा कुम्भ मेला सकिँदैछ । यसअघि कांग्रेस महामन्त्री गगन थापा, प्रवक्ता प्रकाश शरण महत, नेता अर्जुननरसिंह केसी लगायत पनि कुम्भ मेलामा सहभागी भई गंगामा स्नान गरेर फर्किएका थिए ।

यसअघि कार्तिकमा एसिया जलवायु शिखर सम्मेलनमा सहभागी हुन गगन थापा दिल्ली पुगेका थिए । त्यसअघि भदौमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेकी थिइन्, जतिबेला उनको शिष्टाचार भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भएको थियो ।

पछि पुसमा पनि उनी नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा भएको एक सम्मेलनलाई सम्बोधन गर्न भारत पुगेकी पुगेकी थिइन् ।

यसबीच उनको भेट भारतीय विदेशमन्त्री एस जयशंकरसंग पटक पटक भइसकेको छ । तीन दिन अघि मात्रै पनि ओमानमा दुई मन्त्रीबीच साइडलाइन वार्ता भएको थियो । आरजुको भारत भ्रमणलाई ओलीका लागि भ्रमणको बाटो फुकाउने टुल्सका रुपमा हेरिएपनि अहिलेसम्म मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएका छैनन् ।

उनीहरुबीच अमेरिकामा भने साइडलाइन वार्ता भएको थियो । तेस्रो कार्यकालमा कुर्सी सम्हालेसंगै आफ्ना अध्यक्षले छिटै नै भारत भ्रमण गर्ने एमालेका नेताहरुले दाबी गरिरहँदा तथा ओली स्वयंले पनि आफ्नो पहिलो विदेश भ्रमण भारतबाट होस् भन्ने इच्छा राख्दासमेत अहिलेसम्म भारतले ग्रिन सिग्नल दिएको छैन ।

यसबीच ओलीले अमेरिकादेखि चीनसम्मको भ्रमण भने गरिसकेका छन् । तर भारत जान अझै उनलाई जुरेको छैन । पछिल्लो समय कांग्रेसकै नेता तथा ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्का पनि भारत भ्रमणमा पुगेका थिए ।

‘इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिन माघ २८ गते भारत गएका थिए । उनले पनि आफ्नो भ्रमणका क्रममा अब भारतीय उर्जामन्त्री नेपाल आउने त्यसबेला उनले ओलीलाई निम्ता दिन सक्ने कुरा भएको बताएका छन् ।

उनले भारतीय उर्जामन्त्रीको नेपाल भ्रमणपछि प्रधानमन्त्री भारत भ्रमणमा जाने दाबी गरेका छन् । तर यसअघि आरजु जाँदा र उनीअघि जयशंकर आउँदा पनि यस्तै चर्चा गरिएको थियो, यद्यपि ओलीले अहिलेसम्म निम्ता पाएका छैनन् ।

यसबीच अब कांग्रेसका नेता र मन्त्रीहरुको ओहोरदोहोर चलिरहँदा सभापति स्वयं पनि भारत जान लागेका हुन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top