×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

२७ भाद्र २०८२

२७ भदौ , काठमाण्डौ ।

जेनजी आन्दोलनले नेपालको राजनीतिमा मात्रै होइन, समाजमा पनि गहिरो प्रभाव पारेको छ । जेनजी आन्दोलनले नयाँ इतिहास लेखिसकेको छ । ५१ जनाको ज्यान लिने र हजारौँलाई घाइते बनाउने यो आन्दोलनले भौतिक संरचनाहरूमा पनि ठूलो क्षति पु¥याएको छ।

प्रशासनिक केन्द्र सिंहदरबार, मन्त्रालयहरू, शीतल निवास, संसद भवन लगायतका सरकारी सम्पत्तिहरू खण्डहरमा परिणत भएका छन्। यस आन्दोलनको सबैभन्दा सनसनीपूर्ण पाटो भनेको दर्जनौँ नेताका ध्वस्त घरहरूबाट भेटिएका अकुत सम्पत्तिका प्रमाणहरू रहेका छने ।

नेताहरुले जनताले तिरेको करबाट अकुत सम्पत्ति थुपारेको र देशमा ब्याप्त अब्यवस्थाविरुद्ध जेनजीले छेडेको आन्दोलनमा ध्वस्त भएका यी घरबाट पैसाको भण्डार नै भेटिएको छ । आगजनीका क्रममा डढेका नोटका बिटा माथिका बिटा वैधरुपमा आर्जन गरेको पनि हुन् सक्छ ?

तर डलरसहित यतिधेरै नगद घरमा किन राखियो भन्ने प्रश्न भाइरल भिडियोमै आमनागरिकहरुले गरिरहेका छन् । आगजनीपछि ध्वस्त भएका नेताका घरहरूमध्ये पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाको बुढानीलकण्ठस्थित घर तथा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित भाडाको घर बढी चर्चामा छन् ।

यी घरहरूमा चलचित्रका पर्दामा देखिने जस्ता डरलाग्दा र अविश्वसनीय दृश्यहरू देखिएका छन्। जनताले तिरेको करबाट नेताहरूले कसरी अकुत सम्पत्ति थुपारेका रहेछन् भन्ने कुराको ज्वलन्त उदाहरण यी ध्वस्त घरहरूले पेस गरेका छन्। आगजनीबाट घर ध्वस्त हुँदा पनि पैसाको भण्डार नै भेटिएको छ।

नेपाली रुपैयाँ मात्रै होइन, विदेशी डलर समेत प्रशस्त मात्रामा डढेको अवस्थामा भेटिएका छन् । पैसाका बिटाका बिटा जलेको अवस्थाका भिडियोहरू सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेका छन्। सार्वजनिक भिडियोमा देउवा दम्पत्ति र प्रचण्डको घरमा डढेका पैसा यत्रतत्र देखिएका छन् । जुन अविश्वसनीय लाग्छ।

आधा जलेको ठूलो मात्रामा पैसाका थाकहरूले नेताहरूको जीवनशैली र सम्पत्ति आर्जनको प्रक्रियामाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ। जेनजी आन्दोलन मूलतः देशमा व्याप्त भ्रष्टाचार, कुशासन र राजनीतिक बेथितिविरुद्ध युवा पुस्ताको सामूहिक आक्रोशको परिणाम थियो।

लामो समयदेखि सत्तामा रहेका नेताहरूले जनताको भावनालाई बेवास्ता गर्दै व्यक्तिगत स्वार्थ र सम्पत्ति आर्जनमा मात्रै ध्यान दिएको गुनासो जनस्तरमा व्याप्त थियो। यही असन्तुष्टि र आक्रोशले जेनजी आन्दोलनलाई जन्मायो।

जनताको करबाट आर्जन गरिएको सम्पत्तिलाई व्यक्तिगत लाभका लागि प्रयोग गर्ने र देशको विकासमा बाधा पु¥याउने प्रवृत्तिको अन्त्यका लागि जेनजी पुस्ता सडकमा उत्रिएको थियो। नेताका घरहरूमा भेटिएका जलेका पैसाका थुप्रोले जेनजीले उठाएका आवाजको औचित्यलाई थप पुष्टि गरेको छ।

यसले नेपाली राजनीतिमा मौलाएको भ्रष्टाचारको जरो कति गहिरो रहेछ भन्ने कुराको वास्तविक तस्विर प्रस्तुत गरेको छ। ध्वस्त घरहरूबाट भेटिएका अकुत सम्पत्तिका प्रमाणहरूले नेताहरूको नैतिक धरातलमाथि गम्भीर प्रश्न उठाएको छ।

सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले यसरी व्यक्तिगत सम्पत्ति थुपार्नुले लोकतन्त्र र सुशासनको मर्ममाथि प्रहार गरेको छ। यी घटनाहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायहरूको भूमिकामाथि पनि प्रश्न उठाएको छ। यति ठूलो मात्रामा नगद पैसा कसरी र किन जम्मा गरियो, यसको स्रोत के हो भन्नेबारे गहिरो छानबिन हुनु आवश्यक छ। जुन जेनजीले आफ्ना एजेण्डामा प्राथमितामा राखेका छन् ।

कानूनी दायित्वका हिसाबले पनि यी घटनाहरू निकै गम्भीर छन्। यदि यो सम्पत्ति अवैध तरिकाले आर्जन गरिएको प्रमाणित भएमा सम्बन्धित नेताहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउनु पर्ने हुन्छ। जनताको आक्रोश र जेनजी क्रान्तिको मुख्य मागमध्ये एक भ्रष्टाचार नियन्त्रण पनि हो।

त्यसैले, यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नु अबको अन्तरिम सरकारको प्रमुख कर्तव्य हुन आउँछ। जेनजी आन्दोलनले राजनीतिक र सामाजिक संरचनामा गम्भीर प्रश्नहरू खडा गरेको छ।

नेताका घरहरूबाट भेटिएका अकुत सम्पत्तिका प्रमाणहरूले जनताको आक्रोशलाई थप बल पु¥याएको छ। अबको चुनौती भनेको यस आन्दोलनबाट प्राप्त ऊर्जालाई सकारात्मक दिशामा डो¥याउँदै देशमा सुशासन, पारदर्शिता र जवाफदेहीता स्थापना गर्नु हो।

सुशीला कार्कीको नेतृत्वमा बन्ने अन्तरिम सरकारले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नु आवश्यक छ। यसका लागि विभिन्न राजनीतिक दलका १६ नेताहरुलाई तीन आयोगहरु ब्नाउन सुझाव समेत दिइसकेका छन् ।

जनताको आशा र अपेक्षा पूरा गर्नका लागि अबको नेतृत्वले स्वच्छ छवीका व्यक्तिहरूलाई समेटेर पारदर्शी र जनताप्रति उत्तरदायी सरकार गठन गर्नुपर्दछ । अन्यथा, जेनजी क्रान्तिले ल्याएको यो ऊर्जा पनि व्यर्थ जानेछ र देश फेरि पनि पुरानै राजनीतिक दलदलमा फस्नेछ।

नेपालको भविष्य अब भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही शासन प्रणालीमा निर्भर छ। जसको नेतृत्व सुशीला कार्कीले गर्दैछिन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top