Nepal Times
Nepal Times
3
Shares

देशका अधिकांश भागमा आज दिनभर पानी पर्ने

देशका अधिकांश भागमा आज दिनभर पानी पर्ने

२४ जेठ, काठमाडौँ ।
केही दिनयता नेपालमा निरन्तर वर्षा भइरहेको छ । आज पनि काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा पानी पर्ने मौसमविदले बताएका छन् ।

अरेबियन सागरमा विकसित निसर्ग चक्रवातको अप्रत्यक्ष असर र स्थानीय वायुको प्रभावले शुक्रबारदेखि नै झरी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूणर् बदली रही केही स्थानहरूमा वर्षा भइरहेको छ । प्रदेश १, गण्डकी प्रदेश, सु.प प्रदेश, कणर्ाली प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ भने प्रदेश ५ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

शनिबार दिउँसो पनि अधिकांश ठाउँमा वर्षा भइरहनेछ । प्रदेश १ र २ तथा बागमती प्रदेशमा पूणर् बदली तथा गण्डकी, कणर्ाली, सु.प र प्रदेश ५ मा सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ । प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पनि प्रदेश १ र बागमती प्रदेशमा पूणर् बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहने जनाइएको छ । प्रदेश १ र बागमती प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ समेत पर्ने तथा उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । भोलिबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.