×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

देशको राजनीतिले आम अनुमानभन्दा फरक मोड लिँदै

११ चैत्र २०७७

११ चैत, काठमाडौँ । आमअनुमान थियो– कांग्रेसले अविश्वासको प्रस्ताव ल्याएमा वा माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएमा केपी ओलीको सरकार ढल्छ । तर, अब देशको राजनीतिले यस्तो आमअनुमानभन्दा फरक मोड लिँदैछ ।

हिजो राजपा र उपेन्द्र यादवहरुले साकारलाई दिएको समर्थन फिर्ता लिँदा ओलीसँग १७४ सांसदको राम्रै बहुमत थियो । त्यसैले विश्वासको मत लिनुपर्ने कुरा उछालिएन । तर, अब त माओवादीको ढिक्कै अलग भयो । अर्थात्, फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई ०७५ जेठ ३ अगाडिको अवस्थामा फर्किनु भन्दै यो सरकारलाई संविधानको धारा ७६ (२) अन्तर्गत दुई वा दुईभन्दा बढी दलको गठबन्धन भनिसकेको छ । ७६ (१) को सरकार भनेको नेकपा हुँदा एकल पार्टीको थियो, तर २ मा गएपछि त्यो एमालेको मात्रै भयो, माओवादीको सरकार रहेन । शुरुमा धारा ७६ (२) अनुसार बनेको सरकार एमाले, माओवादीबीच एकता भएपछि ७६ (१) को भएको हो । २३ गते त्यसलाई अदालतले फुटाइदियो । अर्थात्, सत्तारुढ दल विभाजित भयो । यो स्थितिमा संविधानको धारा एक सयको उपधारा २ ले भन्छ, ‘३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।’

अदालतले फागुन २३ गते एमाले र माओवादीलाई अलग हुन भनेकै मितिलाई पहिलो दिन मान्दा चैत २३ मा ३० दिन पूरा हुन्छ । अहिले संसदले पर्खिएको त्यही दिनलाई हो । जबकि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरेको औपचारिक घोषणा गर्नुपर्छ भनिँदैछ । अब सरकारसँग विश्वासको मत लिनुभन्दा अर्को बाटो संविधानले दिएको छैन । जस्तो कि, धारा १०० को ‘विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था’ लाई हेरौँ । भनिएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थaन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नु पर्नेछ ।’ त्यसबमोजिम पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने कुरा त्यहाँ लेखिएको छ ।

अहिले प्रधानमन्त्री ओली विश्वासको मत लिनैपर्ने यो प्रावधान छल्न ‘मलाई अविश्वास ल्याएर हटाऊ’ भनी विषयान्तर गर्दै छन् । अर्कातिर, फ्लोर क्रस गर्न सक्ने एमालेका सांसदलाई तर्साउन कारवाही गर्ने विशेषाधिकार पनि आफूमा निहित गरेका छन् ।

आजको जनआस्थासाप्ताहिक समाचार छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top