Nepal Times
Nepal Times
3
Shares

देशको व्यापार घाटा १० खर्ब नाघ्यो

देशको व्यापार घाटा १० खर्ब नाघ्यो

१२ बैशाख, काठमाडौ । चालू आर्थिक वर्ष २०७७÷०७८ को नौ महिनामै व्यापार घाटा १० खर्ब नाघेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १३.१२ प्रतिशतले बढेर ११ खर्ब १३ अर्ब ९५ करोड ५४ लाख ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ९ खर्ब ८२ अर्ब ५३ करोड ८४ लाख रुपैयाँको आयात भएको थियो ।

अघिल्लो वर्षको तुलनामा यस अवधिमा १ खर्ब ३१ अर्ब आयात बढ्दा निर्यात भने १६ अर्बमात्र बढेको छ । अघिल्लो वर्षको तुलनामा झण्डै २० प्रतिशत निर्यात बढेर ९४ अर्ब ७६ करोड ११ लाख १० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष ७८ अर्ब ८१ करोड ८६ करोड ६१ हजार रुपैयाँको निर्यात भएको थियो । तर, आयात बढेसँगै मुलुकको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा ९ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँ थियो । आयात बढ्दै गएपनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिँदै गएको हो । यो व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १२.४९ प्रतिशत बढी हो ।

यस वर्ष मुलुकबाट सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ । भटमासको तेलको कच्चा पदार्थ आयात गरेर नेपालबाट रिफाइन गरेर निर्यात हुँदा निर्यात उलेख्य बढेको विभागले जनाएको छ ।

जसका कारण २८ अर्ब ८१ करोड ३४ लाख ८८ हजार रुपैयाँ बराबरको भटमासको तेल नौ महिनामा निर्यात भएको छ । भारतले पाम आयल प्रतिबन्ध लगाएपछि व्यवसायीले कच्चा पदार्थ आयात गरेर नेपालमा प्रशोधन गरेर पुनः तेल निर्यात गर्ने गरेका छन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.