Nepal Times
Nepal Times
3
Shares

द्वन्द्वकालमा मारिएका शिक्षक मुक्तिनाथका छोरा भन्छन्- राज्यले पीडामाथि फुटबल खेल्यो

द्वन्द्वकालमा मारिएका शिक्षक मुक्तिनाथका छोरा भन्छन्- राज्यले पीडामाथि फुटबल खेल्यो

३ माघ, काठमाडाैँ ।

सशस्त्र द्धन्दकालका गम्भीर मानवअधिकार उल्लंघनका पीडितलाई न्याय दिलाउन सरकारले जवाफदेहिता नदेखाएको भन्दै खबरदारी गरिएको छ । शिक्षक मुक्तिनाथ अधिकारीको हत्या भएको १९ वर्ष बितिसक्दा पनि पीडितलाई सत्य, न्याय र परिपुरणको अधिकार सुनिश्चित गर्नमा सरकार र राजनीतिक दलहरुले आलटाल गरेको भन्दै काठमाडौँमा खबरदारी कार्यक्रम राखिएको हो ।

अधिकारीको वि.सं. २०५८ साल माघ ३ गते हत्या गरिएको थियो । सशस्त्र द्धन्दकालमा गम्भीर मानवअधिकार उल्लंघनका पीडितलाई न्याय दिन तथा पिडकलाई कारबाही गर्न भनि सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन गरिएको भएपनि आयोगले न्याय दिन नसकेको पीडितको गुनासो रहदै आएको छ । मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारी राज्यका सबै निकाय, राजनीतिक दल, आयोग सबै ठाउँमा पुग्दा पनि न्याय पाउन नसकेको बताउँछन् । राज्यले पीडितको पीडामाथि फुटबल खेल्ने काम गरेको उहाँको भनाई छ ।

द्धन्दपीडितहरु न्यायका लागि वर्षौदेखि भौतारिइरहेका छन् । न्याय दिलाउन भनि गठन भएका दुई आयोगहरु पीडितलाई न्याय दिलाउन भन्दापनि पिडकलाई चोख्याउन दलिय स्वार्थमा काम गरिरहेको द्धन्दपीडितको आरोप छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.