×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धनगढीमा सेवा ठप्प पारेर विद्युतीय रिक्सा चालकहरु आन्दोलनमा उत्रिए

१५ श्रावण २०७९

१५ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सेवा ठप्प पारेर विद्युतीय रिक्सा चालकहरु आन्दोलनमा उत्रिएका छन् ।

सरकारले विद्युतीय रिक्सा चालक अनुमती पत्रको आवेदन पत्रको परीक्षा नखोलेको अवस्थामा ट्राफिक प्रहरीले दैनिक जरिवाना कटाउन थालेको भन्दै उनीहरु आन्दोलित भएका छन् ।

चालकहरुले धनगढी उपमहानगरपालिका कार्यालय परिसरदेखि एलएन चोकसम्म रिक्साहरु लामवद्ध पारेर प्रहरी ज्यादतीविरुद्ध बिहानैदेखि एलएन चोकमा प्रदर्शन गरेका छन् ।

यातायात व्यवस्था कार्यालयले अटो रिक्सा चालक अनुमती पत्रको आवेदन नखोल्ने तर लाइसेन्स नभएको भन्दै ट्राफिक प्रहरीले दैनिकजसो पाँच सय रुपैयाँदेखि १५ सय रुपैयाँ जरिवाना तिराउन थालेपछि आन्दोलन गर्न बाध्य भएको धनगढीको बोराडाँडीका अटो रिक्सा चालक देवराज अवस्थीले बताए ।

‘ट्राफिक प्रहरीले लाइसेन्स खोइ भन्दै दैनिक जरिवाना काटिरहेको छ । यातायात कार्यालयमा जादा लाइसेन्स खोलेको छैन भन्छन्,’ अवस्थीले भने, ‘अब हामीले के गर्ने ? कहिले कही त दिनमा दुई पटकसम्म जरिवाना तिर्नुपरिरहेको छ ।’

ट्राफिक प्रहरीले सास्ती दिन थालेपछि अटो चलाएर दैनिक आम्दानी हुने पाँच सय/हजार रुपैयाँ पनि जरिवाना तिर्न ठीक्क हुने गरेको अर्का सवारी चालक राजु तिरुवाले गुनासो गरे ।

धनगढीकै अर्का अटो रिक्सा चालक शेरबहादुर सिंहले लाइसेन्सको फारम भरेपनि परीक्षा नहुँदा हैरानी खेप्नुपरेको सुनाए ।

‘आज बिहान मात्र पाँच सय रुपैयाँ जरिवाना तिरायो । लाइसेन्सको आवेदन फारम भरेको छु, परीक्षा कहिले हुने हो थाहा छैन,’ उनले भने ।

पछिल्लो एक हप्तामा दैनिक पाँच सयका दरले ३ हजार ५०० जरिवाना तिरिसकेको उनको दाबी छ ।

यस्तै विद्युतीय रिक्सा चालक संघका अध्यक्ष मिनराज जोशीले धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा चल्ने विद्युतीय रिक्साको पहिचान गरेर व्यवस्थापन गर्नुपर्ने, शीघ्र चालक अनुमती पत्र (लाइसेन्स) वितरणको प्रक्रियामा जानुपर्ने माग राख्दै आन्दोलन गर्न परेको बताए ।

उपमहानगरपालिका र यातायात व्यवस्था कार्यालयले माग सम्बोधन गर्न तयार नभए अनिश्चितकालीन आन्दोलनका कार्यक्रम ल्याउनेसमेत संघका अध्यक्ष जोशी चेतावनी जोशीले दिए ।

विद्युतीय रिक्सा चालक संघले उठाएका मागबारे अहिले धनगढी उपमहानगरपालिका कार्यालयमा छलफल भइरहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top