×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धनुषामा बैंकका कर्मचारी सहित ३० जनामा कोरोना संक्रमण

१६ भाद्र २०७७

नितेश यादव
१६ भदौ, जनकपुरधाम ।
धनुषामा मंगलबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको स्वाब परीक्षणमा आएको रिपोर्टमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार जनकपुरधाम वडा नम्बर ४, ७, ८ लगायतका २३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, धनुषाको मिथिला नगरपालिका– ७ का दुईजना, औरही गाउँपालिकाका एक जना, धनौजी गाउँपालिकाका एक जना, नगराइन नगरपालिकाका दुई जना र पौडेश्वरको एक जनामा संक्रमण पुष्टि भएको झाले बताए ।

यसैगरी जनकपुरस्थित नेपाल बैंक लिमिटेडका एकजनामा समेत संक्रमण पुष्टि भएको छ । योसँगै धनुषामा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७८ पुगेको छ भने हालसम्म १२ जनाको मृत्यु भएको छ ।

महोत्तरीमा १२ जना संक्रमित थपिए
महोत्तरीको मनरा सिसबा नगरपालिकाका ५ जना, पिपरा गाउँपालिकाका २ जना, सम्सीका एक जना, राम गोपालपुरका एक जना, बर्दिवास नगरपालिकाका एक जना, लोहारपट्टी नगरपालिकाका १ जना गरी जम्मा १२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सर्लाहीको लालबन्दी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top