Nepal Times
Nepal Times
3
Shares

धनुषा हिरासतमाका पाँच कैदीबन्दीमा कोरोना संक्रमण

धनुषा हिरासतमाका पाँच कैदीबन्दीमा कोरोना संक्रमण

२३ वैशाख, धनुषा । धनुषा हिरासतमा रहेका पाँच जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा रहेका ५ जना बन्दीमा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

उनका अनुसार पिसिआर परीक्षण गरिएका ७ जनामध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

डिएसपी मिश्रका अनुसार संक्रमण पुष्टि भएका सबै जनालाई जिल्ला प्रहरी कार्यालयमै निर्माण गरिएको आइसोलेसनमा राखिएको छ।

संक्रमितहरू २२ देखि ४० वर्ष उमेर समूहका रहेको डिएसपी मिश्रले बताए।

जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षमा अहिले जम्मा ५८ जना कैदीबन्दी छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.