Nepal Times
Nepal Times
3
Shares

धरान र बराहक्षेत्रमा गरी थप चार संक्रमितको मृत्यु

धरान र बराहक्षेत्रमा गरी थप चार संक्रमितको मृत्यु

९ कार्तिक, विराटनगर।
सुनसरीमा कोभिड–१९ संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका संक्रमित छन् । चारै जनाको शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार असोज २० गते कोरोना पुष्टि भएकी धरान–१७ की ६२ वर्षीया महिलाको शनिबार मृत्यु भएको छ ।

कात्तिक ७ गते प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएकी उनलाई पहिल्यैदेखि मृगौलासम्बन्धी समस्या थियो । यसै गरी धरान–१५ बाझगराकी ५६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको धरान उपहानगरपालिकाका प्रमुख तिलक राईका स्वकीय सचिव राजेशमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बीपी प्रतिष्ठानमा आईसीयू र भेन्टिलेटर नपाएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गर्दागर्दै ती महिलाको मृत्यु भएको हो । धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार कोरोना संक्रमणबाटै धरान–१३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उनको विस्तृत विवरण आउन बाँकी रहेको मेहताले जानकारी दिए । कोरोना संक्रमणबाटै बराहक्षेत्र नगरपालिका–१० का ४२ वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिकाका प्रेस सल्लाहकार नवराज विष्टका अनुसार क्षयरोग, दम र एचआईभीका दीर्घरोगी रहेका उनलाई चतरास्थित आइसोलेसन सेन्टरमा राखिएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.