×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

धरान स्पोर्टस् सिटी बन्दै, खेलकुदको विकास यसरी हुँदैछ धरानमा (फोटो फिचर)

२ जेष्ठ २०७५

किशोर विश्वकर्मा
विराटनगर, जेठ २
धरान उपमहानगरपालिकामा जनप्रतिनिधिहरु निर्वार्चीत भएर आउने वित्तिकै खेलकुद क्षेत्रको विकासले प्रथामिकता पाएको छ । उपमहानगरपालिकाले धरानलाई स्पोर्टस् सिटी बनाउने नितिनै लिएर धरानको खेलकुद क्षेत्रको विकासलाई प्रथामिकतामा राखेको हो ।

हाल धरान उपमहानगपालिकाले विद्यालय स्तरबाटनै सवै विषयका खेलाडी उत्पादन गर्ने र राष्ट्रिय तथा अ्रन्तराष्ट्रिय स्तरमै धरानको अलग्गै पहिचान बनाउन धरानका प्रत्येक सामुदायीक तथा निजि विद्यालयले अनिवार्य रुपमा खेल प्रशिक्षक राखेर नियमित प्रतियोगिता हरु आयोजना गर्न लगाएको धरान उप—महानगरपालिकाका प्रेस संयोजक योगेस काफ्लेले जानकारी दिए ।

धरान उपमहानगरपालिकाले धरानलाई स्पोर्टस् सिटि बनाउने निति अनुसार अहिले धरानका प्रत्येक वडाहरुमा खेल मैदान निर्माण र भएका मैदानको स्तरोन्नती गरिरहेको छ ।

यसरी स्थानिय सरकारलेनै पनि खेलकुद क्षेत्रको विकासका लागि तत्परता देखाएपछी पूर्व खेलाडी, खेलाडी, प्रशिक्षक तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता खेलाडी हरु मात्र होइन विद्यालयका वालवालिका तथा अभिभावक हरु पनि हौसिएका छन् ।

अहिले धरान उपमहानगरपालिकाले पहिलो पल्ट आफै खेल प्रशिक्षक नियुक्त समेत गरेको छ । धरान उपमहानगरपालिकाले खेलाडी तथा प्रशिक्षकको सम्मान समेत गरेपछी आफुलाई खुशि लागेको धरान उपमहानगरपालिकाका उुसु प्रशिक्षक राजेन्द्रकुमार राईले बताए । उनले स्थानिय तहहरु मध्ये नेपालमै पहिलो पल्ट धरान उपपमहानगरपालिकाले खेलकुद क्षेत्रलाई प्रथामिकता दिएको दावी गरे ।

धरान उपमहानगरपालिकाले धरानलाई स्पोर्टस् सिटि बनाउने लिएको निति अनुसार खेलकुद क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा मात्र १ करोड १० लाख रुपैयाँ भन्दा वढी बजेट विनियोजन गरेको छ । आगामी वर्षहरुमा अझ बजेट बृद्धि गर्दै लैजाने उपमहानगरपालिकाको योजना रहेको धरना उपमहानगरपालिकाका खेलकुद विकास संयोजक सुभाष राईले जानकारी दिए ।

त्यतिमात्र होइन, धरान उपमहानगरपालिकाले खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहन समेत गर्न थालेको छ । खेलाडिको प्रोत्साहनका लागि विभिन्न प्रतियोगितामा भाग लिने खेलाडीलाई आर्थिक सहायता समेत प्रदान गर्ने गरेको छ । यसरी उपमहानगरपालिकाले खेलाडीलाई प्रोत्साहन गर्न थालेपछी खेलाडीहरु अझ उर्जाका साथ खेलन थालेको बक्सीङका अन्तराष्ट्रिय मेडलिस्टवाइट निमा तामाङले बताए ।

खेलकुदले प्रथामिकता पाएसँगै धरानमा पहिलो पल्ट विद्यालय स्तरको मेयरकप ओलम्पीक प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा धरानका प्राय सवै सामुदायीक तथा निजि विद्यालयको सहभागिता रहेको थियो ।

यसरी विद्यालय स्तरबाटै खेलकुद प्रतियोगिता सञ्चालन गराएर खेलाडीको क्षमता विकास र खेलाडी उत्पादन गरिनु नेपालमै उदाहरणीय कार्य बनेको छ । त्यसो त धरान त्यसैपनि पहिल्यै देखी खेलकुद नगरिका रुपमा परिचित त छ नै अझ जनप्रतिनिधिहरु निर्वार्चीत भएर आएको स्थानिय सरकारले खेलकुदलाई विषेश प्रथामिकता दिएपछी अहिले धरान उपमहानगपालिका क्षेत्रमा खेलकुद क्षेत्रको विकासका लागि प्रयास्त पुर्वाधारहरु निर्माण हुन थालेको छ ।

अहिले पनि धरान उपमहानगरपालिकामा सुविधा सम्पन्न खेलमैदानका रुपमा धरान १७ ईस्टर्न एन्फा टेक्नीकल रहेको छ । जहाँ प्रशिक्षण लिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन हुँदै आएका छन् । उक्त सेन्टरमा वर्षेनी ठुला फुटबल प्रतियोगिताहरु सञ्चालन हुँदै आएका छन् ।

त्यस्तै धरान वडानम्बर १६ मा एक क्षेत्रीय रंगशाला रहेको छ । जसको यतिबेला मैदान स्तरोन्नती तथा प्याराफिट निर्माणको काम भइरहेको छ । उक्त क्षेत्रीय रंगशालामा सवै खेलकुद प्रतियोगिता र खेल प्रशिक्षणसमेत हुँदै आएको छ । रंगशालामा क्रिकेट, कराँते, फुटवल, व्याडमिन्टन, उसुलगायत प्राय सवै खेल प्रशिक्षण तथा प्रतियोगिता समेत हुँदै आएको छ ।

त्यस्तै धरान उपमहानगरपालिकाका २० वटै वडामा समेत खेलमैदान निर्माण र स्तरउन्नती समेत अहिले जारी छ । यसरी धरान उपमहानगरपालिकाले खेलकुद क्षेत्रलाई प्रथामिकतामा राखेर प्रयाप्त पुर्वाधारहरु तयार गरेपछी धरानले खेलकुद क्षेत्रमा लामै फड्को मार्ने निश्चीत त छ नै युवा तथा वालवालिका खेलप्रति आकर्षित भई दुव्र्यवसनी न्यूनिकरण हुने निश्चिीत छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top