×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

धर्मगुरु श्रीनिवासाचार्य पक्राउ, आफैँले गोली हान्न लगाएको खुलासा

२४ बैशाख २०७५

बिराटनगर,बैशाख २४ ः हिन्दु धर्मगुरु श्रीनिवास आचार्यमाथि भएको गोलि प्रहार उनको आफ्नै योजना अनुसार भएको खुलेको छ ।

देशमा हिन्दु धर्म कायम गर्ने वातावरण बनाउन श्रीनिवासाचार्य आफैँले आफूलाई गोली हान्न योजना बनाएको कुरा प्रहरी अनुसन्धानबाट खुलेको हो ।

गत चैत २५ गते राति मोरङको बिराटनगरमा भएको गोली प्रहारको घटना अनुसन्धानका क्रममा प्रहरीले श्रीनिवासाचार्यलाई काठमाडौँको विमानस्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको हो ।

उनकै योजना अनुसार गोलि हान्ने र पेस्तोल उपलब्ध गराउने दुई युवालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

सुनसरीको बराह नगरपालिका–६ स्थित चक्रघट्टीमा आश्रममा बस्ने २४ वर्र्षीय श्रीनिवासाचार्य मोरङको विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको श्री रामजानकी मन्दिरमा पुराणमा आएका उनको गत चैत २५ गते बिहानको राति १ बजेर ४५ मिनेटमा गोली प्रहार भएको थियो ।

उनलाई गोलि हान्ने भरतपुर महानगरपालिका–४ बेलचोक बस्ने २९ वर्षीय माधव चौधरी रहेका छन् । यो कुरा चौधरीले मोरङ प्रहरीसँगको बयान र सोमबार भएको पत्रकार सम्मेलनमा पनि स्विकारेका छन् ।

त्यसैगरी गोली हान्न प्रयोग गरिएको पेस्तोल भने श्रीनिवासाचार्यका विश्वासपात्र नवलपरासीको गैँडाकोट–५ बस्ने ३२ वर्षीय खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारीले उपलब्ध गराएको पनि खुलेको छ ।

‘मैले नै घरमा राखिएको गोलीसहितको पेस्तोल गुरु श्रीनिवासाचार्यले भनेपछि पठाएको हुँ’, चौधरीले प्रहरीसँगको बयान र पत्रकार सम्मेलनमा भनेका छन ।

केही उपाय गर्दा पनि देशलाई हिन्दुराज्य बनाउन नसकिएपछि यस्तो विधि अपनाउनुपरेको बयान गुरु श्रीनिवासाचार्यले प्रहरीलाई दिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार विसीले बताए ।

प्रहरीले अधिकारी र चौधरीलाई वैशाख २० गतेबाट लागू हुने गरी मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने मुद्दा चलाउन सात दिनको म्याद थपिसकेको छ ।

‘हिन्दुराज्य कायम गर्नका लागि विभिन्न चरणमा भएका आन्दोलनले सार्थक रुप नलिएपछि जनता र धर्मगुरुहरुलाई उक्साउनका लागि गुरु श्रीनिवासचार्यले आफ्ना विश्वासपात्र लक्ष्मीराज अधिकारीलाई हतियारको व्यवस्थापन गर्न लगाई गोली समेत हान्ने माधव चौधरीलाई खोजी प्रशिक्षण दिएर घटना गराएको पाइयो’, मोरङ प्रहरी प्रमुख एसपी बिसीले पत्रकार सम्मेलनमा भने ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top