Nepal Times
Nepal Times
3
Shares

धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’ले एक दिनमै कमायो १ करोड १२ लाख

धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’ले एक दिनमै कमायो १ करोड १२ लाख

१० फागुन, काठमाडौँ ।
शुक्रवारबाट प्रदर्शनमा आएको धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ ले पहिलो दिन उत्साहजनक व्यापार गरेको छ । चलचित्रले लामो समय यता सुस्ताएको नेपाली चलचित्रको बजारलाई तताउँदै चलचित्रले पहिलो दिन १.१२ करोड कमाउन सफल भएको हो ।

राजधानी भित्र मात्र ५९ लाखको व्यापार गरेको चलचित्रले चलचित्रले राजधानी बाहिर ५३ लाख कमायो । चलचित्रलाई दर्शकले मन पराएका छन् भने वर्ड अफ माउथ पनि राम्रो छ । जसलाई हेर्दा चलचित्र लामो रेसको घोडा बन्ने अनुमान लगाउन सकिन्छ ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल र कुञ्जना घिमिरेका साथमा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ ।

सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी छ भने फुर्पा लामा सह(निर्मातामा रहेका छन् । ‘सेन्टी भाइरस’मा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.