×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

२३ फाल्गुन २०७७

२३ फागुन, डोटी ।
लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा किर्ते हस्ताक्षर गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा कैलाली गाउँपालिका–३ का १८ वर्षीय अविनाश चौधरी, २० वर्षीय लेखराज चौधरी, २० वर्षीय विशाल चौधरी, दार्चुलाको मार्मा गाउँपालिका–३ का गोकुल धामी, २४ वर्षीय का दिनेश महरा, बझाङ मष्ठा गाउँपालिका–४ का १९ वर्षीय अजय कठायत, १८ वर्षीय बलराम कठायत, २० वर्षीय कमल कठायत, १८ वर्षीय प्रविन कठायत र बझाङ तल्कोट गाउँपालिका–३ का लोकराज जोशी रहेका छन् ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–४ का १८ वर्षीय विपिन चौधरी, सोही उपनगरपालिका–५ का लक्ष्मण चन्द, १८ वर्षीय सागरबहादुर देउपा, बझाङको तल्कोट गाउँपालिकाका २२ वर्षीय दिनेश खाती, १९ वर्षीय नवीन जोशी र कैलालीको टीकापुर नगरपालिका–२ का १८ वर्षीय सागर बोहरा पक्राउ परेका छन् ।

यस्तै बझाङ थलारा गाउँपालिकाका २० वर्षीय शिवराज नेपाली, दुर्गाथली गाउँपालिका–५ का २० वर्षीय कृष्ण कठायत, जनवासा गाउँपालिकाका १९ वर्षीय विक्रम बोहरा, वुनपा–७ का २२ वर्षीय विमल बोहरा र जनपका २० वर्षीय जीवन बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।(रासस)

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top