×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नक्कली भिसामा युक्रेनमा बेच्ने ठग फन्दामा

१५ पुष २०७९

१५ पौष, एजेन्सी ।
राम्रो आम्दानी, कम खर्च, सेवासुविधा लगायत विभिन्न प्रलोभनमा पारी सोझासाझा मानिसहरुको फाइदा उठाएर उनीहरुलाई ठगी, लाखौँ कुम्ल्याएर विभिन्न देशमा लगेर अलपत्र पार्ने, अवैद्य कारोबार र कामहरुमा लगाउने, विभिन्न देश लगेर कामदारहरुलाई बेच्नेजस्ता घटना घटेका समाचारहरु दिनहूँ आउने गर्दछन् ।

परिवार पाल्न त्यस्ता प्रलोभनमा परी हजारौँ नेपाली युवाहरु विदेशमा अलपत्र परेका छन् भने कति लाखौँ रकम नक्कली म्यानपावर वा एजेन्टहरुबाट ठगिएका छन् । त्यस्तै लाखौँ रकम ठगिएको मात्र नभएर नक्कली भिसा बनाइ विदेशसम्म पुगेको र विदेश पुगेपछि मात्रै आफ्नो भिसा नक्कली रहेको र आफू ठगिएको चाल पाएको एउटा घटना बाहिर आएको छ ।

लाखौँ रुपैयाँ आम्दानी हुने प्रलोभनमा फस्दा एक व्यक्तिको लाखौँ पैसा मात्रै नभएर विदेश पुगेर अनेकौँ समस्या र झमेला झेल्नुपरेको छ । ती व्यक्तिले ११ लाख रुपैयाँ ठगी मात्रै भएन विभिन्न देश पुगेर अनावश्यक झमेला बेहोर्न बाध्य भए ।

ठगीका गिरोहले उनलाई नेपालबाट भारत, कतार र रुससम्म पु¥याएर बेचबिखन गर्न लागेका अवस्थामा नक्कली भिसामा विदेश पठाएर बेचबिखन गर्न लागेको पाइएको छ । नेपालबाट रुसको विमानस्थल पुगेपछि त्यहाँको प्रहरीले भिसा नक्कली भएको पत्ता लगाएको थियो ।

उनलाई झुक्याएर श्रमशोषणका लागि युक्रेनमा बेचबिखन गर्न लागेको पाइएपछि नेपाल फिर्ता गरेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिएका छन् । उनका अनुसार यसरी नक्कली भिसा बनाएर मानिस विदेशमा बेचबिखन गर्ने काममा दाङको लमहीका ४७ वर्षीय दिनेशकुमार चौधरी र सिन्धुपाल्चोकका २३ वर्षीय रुपेश ढकाल मुछिएका छन् ।

उनीहरू अहिले पुर्पक्षका लागि कारागार चलानसमेत भएका छन् । उनीहरूले सुरुमा पीडितलाई चेक रिपब्लिकमा सीप गार्डको काम लगाइदिने र मासिक दुई लाख रुपैयाँ पारिश्रमिक पाउने लोभ देखाएर वैदेशिक रोजगारीमा जान प्रेरित गरेका थिए । उनीहरूले पटक–पटक गरी पीडितसँग ११ लाख ५० हजार रुपैयाँ ठगी गरी दुई वर्षसम्म झुलाएका थिए ।

सुरुमा उनले भारतको नयाँ दिल्लीबाट पठाउने भनी भारत पु¥याए । तर लामो समयसम्म विदेश जाने कुनै प्रक्रिया नै नगरि अलपत्र राखेपछि उनी आफन्तको सहयोगमा नेपाल फर्किएका थिए । त्यसपछि पैसा फिर्ता माग्न जाँदा नदिएर पोर्चुगल पठाइदिने प्रलोभन देखाएपछि पीडित फेरि विदेश जान पाइने आशमा लोभिएर अर्काै प्रक्रिया सुरु गरेको पाइएको प्रहरी उपरीक्षक मल्लले बताए ।

त्यसपछि उनले भ्रमण भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै रुस पठाइदिए । रुसको प्रहरीले नक्कली भिसामा आएको र युक्रेनमा श्रम शोषणका लागि बेच्न लागिएको भन्दै पीडितलाई विमानस्थलबाटै पक्राउ गरी नेपाल डिपोर्ट गरिदिएको पीडितको भनाइ उद्धृत गर्दै ब्युरोले जनाएको छ ।

उनी नेपाल डिपोर्ट हुँदा यस्ता अन्य नागरिक रुसको विमानस्थलमा अलपत्र परेको देखेको पीडितले बताएको ब्युरोले जनाएको छ । नेपाल आएर पीडितले चौधरी र ढकालविरुद्ध मानव बेचबिखन गरेको आरोपमा कात्तिक २२ गते जाहेरी दिएका थिए । त्यही जहेरीका आधारमा चौधरीलाई मङ्सिर १५ गते र ढकाललाई १६ गते पक्राउ गरी प्रहरीले पुस ६ गतेसम्म अनुसन्धान गरेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top