×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नयाँ संरचनाअनुसार मन्त्रालयलाई एकीकृत गरिँदै

३० चैत्र २०७४

काठमाडौँ, ३० चैत ः सरकारले नयाँ सांगठनिक संरचना र दरबन्दीअनुसार मन्त्रालयलाई एकीकृत गर्ने कार्य शुरु गरेको छ ।

केही दिनअघि मात्र मन्त्रिपरिषद्ले पुनर्गठित मन्त्रालयका पुनःसंरचनासहितको दरबन्दी स्वीकृत गरेपछि मन्त्रालयलाई एकीकृत गर्न थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । उनले निजामती किताबखानाबाट स्वीकृत गरिएको दरबन्दीलाई दर्ताका लागि पठाइएको बताए ।

“मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेअनुसारको पुनर्गठित मन्त्रालयको संरचना बनाउने कार्य थालिएको छ”, उनले भने, “किताबखानाबाट दरबन्दी स्वीकृत गरेर आएपछि चाँडै नै मन्त्रालयलाई एकीकृत गरिने छ ।”

मन्त्रिपरिषद् बैठकले २१ वटा मन्त्रालयको सांगठनिक र दरबन्दीको पुनःसंरचना गर्दै दुई हजार ६९४ जनाको दरबन्दी कायम गरेको थियो ।

सबैभन्दा बढी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २३३ र कम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा ४६ जनाको दरबन्दी स्वीकृत गरिएको छ ।

कूल ३१ बाट २१ मन्त्रालय कायम गरिए पनि मन्त्रालयको काम अझै एकै ठाउँबाट हुन सकेको छैन ।

एउटै मन्त्रालयमा पनि दुईभन्दा बढी सचिव र प्रवक्तासमेत हुने गरेका छन् ।

प्रवक्ता न्यौपानेले एकीकृत रुपमा मन्त्रालयलाई समायोजन नगरे पनि पहिलेको भएको संरचनाअनुसार मन्त्रालय रहने बताए ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top