×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नयाँ सिजनका लागि रोनाल्डोको लक्ष्य उही

५ भाद्र २०८१

५ भदौ ,एजेन्सी ।

मैदानमा क्रिस्टियानो रोनाल्डोको छायाँले ओझेलमा परेको लगायतका गुनासासहित साडियो मानेले अल नासर छाड्ने चर्चा चलिरहँदा रोनाल्डोले भने आफू पुरानै लक्ष्यका साथ नयाँ सिजनका लागि उत्सुक रहेको जनाएका छन् । रोनाल्डो सन् २०२२ को डिसेम्बरमा अल–नासरमा अनुबन्धित भएका थिए ।

यद्यपि, उनले क्लबबाट घरेलु ट्रफी जित्न सकेका छैनन् । तर यसै साता सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नयाँ सिजन, लक्ष्य उही।’ रियादका प्रतिद्वन्द्वी अल–हिलालको दबदबा अन्त्य गर्ने मुख्य उद्देश्यका साथ क्रिस्टियानो रोनाल्डो साउदी प्रो–लिगको अर्को सिजन खेल्न तयार छन् ।

अल हिलालले गत सिजन ३१ खेलमा जित र तीनमा बराबरी खेल्दै उपाधि जितेका थिए । दोस्रो स्थानको अल–नासर १४ अंकले पछि परेको थियो । हिलालले गत साता साउदी सुपर कपको फाइनलमा रोनाल्डोको टोलीलाई ४–१ ले हराएका थिए । १८ टिम सम्मिलित लिग बिहीबारदेखि सुरु हुँदैछ

भोलि Al–Taawoun र Al–Fayha, Al Wehda र Al–Riyadh र Al–Nassr र Al Raed खेल्दै छन् । गत वर्ष चेल्सीबाट अनुबन्धित अल–हिलालका डिफेन्डर कालिडोउ कोउलिबेलीले एसोसिएटेड प्रेससँग भने, ‘गत वर्ष यो कठिन प्रतियोगिता थियो । तर, हामी शीर्ष स्थानमा आउन सफल भयौं।

यस वर्ष सबै टोली अल–हिलाललाई हराउने लक्ष्यमा हुनेछन्।’ गत ग्रीष्मऋतुमा युरोपका शीर्ष लिगहरूबाट ठूला नाम चलेका स्टारहरू साउदी अरबयामा रोनाल्डोसँग खेल्न आएका थिए । डेलोइटको स्पोर्ट्स बिजनेस ग्रुपका अनुसार कुल ९५ करोड ७० लाख डलर खर्च भएको थियो ।

यो समरमा तुलनात्मक रूपमा कम खेलाडी साउदी पुगेका छन् । यद्यपि, स्थानान्तरण विन्डो सेप्टेम्बर २ सम्म खुला रहन्छ । अल–हिलालका लागि नेयमारको पुनरागमन नयाँ अनुबन्धजस्तै हुनेछ । गत अक्टोबरमा विश्वकप छनोट खेल्ने क्रममा बायाँ घुँडामा गम्भीर चोट लाग्नुअघि रियाद क्लबका लागि उनले पाँच खेल मात्र खेलेका थिए ।

‘नेयमारको पुनरागमन हाम्रा खेलाडीले निकै अपेक्षा गरेका छन्,’ कोउलिबेलीले भने ‘उनको चोटका कारण अझै केही समय पर्खनु छ । उनलाई प्रशिक्षणमा देख्दा थप प्रेरणा मिल्छ।’ स्थानीय सञ्चारमाध्यमका अनुसार नेयमार गत महिना प्रशिक्षणमा फर्किएका थिए र सेप्टेम्बरमा फेरि खेल्न सुरु गर्न सक्नेछन् ।

नेयमारको अनुपस्थितिमा सर्बियाका स्ट्राइकर अलेक्जेन्डर मित्रोभिचले गत सिजन लिगमा २८ गोल गरेका थिए । पोर्चुगलका रुबेन नेभेस र मोरक्कोका यासिन बोउनोउले पनि गोल गरेका छन् । कोलम्बियाली खेलाडी डेभिड ओस्पिनाको स्थानमा ब्राजिलका गोलकिपर बेन्टोले अल–नासरको गोल पोस्ट सम्हाल्नेछन् ।

रोनाल्डोसँगै सेनेगलका स्टार साडियो माने यद्यपी अब भने उनले क्लब छाड्ने चर्चा छ । यस्तै क्रोएसियाका मिडफिल्डर मार्सेलो ब्रोजोभिक र डिफेन्डर आइमेरिक लापोर्टेले उत्कृष्ट प्रदर्शन गरिरहका छन् ।

क्लब अल–अहली र करिम बेन्जेमाको अल–इत्तिहादले यी दुई क्लबलाई चुनौती दिने अपेक्षा गरिएको छ, जसले यस समरमा अहिलेसम्मको सबैभन्दा ठूलो खर्च गरेको छ । फ्रान्सेली विंगर मौसा डियाबीको लागि एस्टन भिल्लालाई ६० मिलियनभन्दा बढी भुक्तान गरेको छ ।

सन् २०२३ मा साउदी अरबको पब्लिक इन्भेस्टमेन्ट फण्डले जिम्मा लिएका यी चारवटै क्लब देशकै उत्कृष्ट टोली हुन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top