×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नरभक्षी बाघ त समातियो,अस्ताइन् २६ वर्षीया ‘हिरा’

१८ श्रावण २०८१

१८ साउन, विराटनगर ।

कञ्चनपुरमा एक जनाको ज्यान लिने नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । निकुञ्ज र नेपाली सेनाको टोलीले शुक्रबार नरभक्षी बाघलाई नियन्त्रणमा लिएको हो । बिहीबार दोधाराचाँदनकी हिराकुमारी शाहीलाई धान गोड्न गएका बेला नजिकैको उखुबारीमा लुकेर बसेको बाघले आक्रमण गरेर ज्यान लिएको थियो । अर्का एक जनालाई घाइते बनाएको थियो ।

बिहीबारदेखि नै हात्ती परिचालन गरेर बाघको खोजी थालिएको थियो । घटनाको करिब २४ घण्टापछि उक्त बाघलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक डीएसपी उमेश जोशीले जानकारी दिए। महिलालाई आक्रमण गरेको नजिकैको स्थानबाट बाघलाई नियन्त्रणमा लिएको उनले बताए ।

हिजोबाटै हात्तीको प्रयोग गरेर बाघको खोजी भइरहेको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज , प्रहरी र सेनाको टोलीले बाघको खोजी गरिरहेको थियो । बाघलाई नियन्त्रणमा लिन शुक्लाफाटा राष्ट्रिय निकुञ्जका चार हात्ती परिचालन गरेर नियन्त्रणमा लिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।

बाघलाई निकुञ्जका चिकित्सकले डार्ट गन प्रहार गरेर बेहोस पारेर नियन्त्रणमा लिएको हो । बाघलाई निकुञ्जले नै के गर्ने भन्ने निणर्य गर्ने जोशीले बताए । अधिकांश नरभक्षी बाघलाई निकुञ्जले जावलाखेल राख्दै आएको छ । बिहीवार बिहान उखुबारीमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट दोधारा–चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीराको घटनास्थलमै मृत्यु भएको थियो। हीरादेवी बिहीबार बिहान घरनजिकै धान खेतमा घाँस काट्न गएकी थिइन्।

करिब १० बजेको थियो। तल्लो मल्लो खेतमा पनि महिला घाँस काट्दै थिए। नजिकैको उखुबारीबाट आएको बाघले पछाडिबाट आक्रमण गरेर उनलाई घिसार्दै लग्यो। तल्लो र माथिल्लोपट्टिको खेतमा रहेका महिलाहरू हल्ला गर्दै पछि लागेका थिए । हल्ला भएपछि जम्मा भएका स्थानीय र सुरक्षाकर्मी खोज्दै जाँदा हीरा उखुबारीभित्र मृत अवस्थामा भेटिइन्। उनको घरमा एक गाई, एक भैंसी छ।

हीराको ३ वर्षअघि मात्रै विवाह भएको हो। उनका श्रीमान् गोपाल हिमाञ्चलमा मजदुरी गर्छन्। दुई महिनाअघि बुबा हर्कबहादुरको वार्षिकी सकेर गोपाल कामको खोजीमा हिमाञ्चल गएका छन्। उनको दुई वर्षको छोरा छ। हीराको मृत्युबारे गोपाललाई खबर गरिएको छ। उनको शव दोधारा–चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top