Nepal Times
Nepal Times
3
Shares

नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडालद्वारा शपथ ग्रहण

नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडालद्वारा शपथ ग्रहण

८ वैशाख, काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

न्यायाधीशद्वयले नेपाली जनता, संविधान र अन्य कानुनप्रति पूर्ण निष्ठावान रहि सर्वोच्च अदालतको न्यायाधीश पदको जिम्मेवारी न्यायपालिकाको स्वच्छता र मर्यादा विपरित नहुने गरी इमान्दारपूर्वक पालना गर्ने भनी ईश्वरको नाममा शपथ लिएका छन् ।

न्यायपरिषदद्वारा प्रस्तावित दुवै जनाको नाम संसदीय सुनुवाइ समितिले गएको शुक्रबार अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायधीश पदमा नियुक्त गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको शपथ ग्रहण राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने चलन रहेको छ । तर यसपटक कोरोना महामारीको जोखिमका कारण राष्ट्रपतिको उपस्थिति बिना प्रधानन्यायाधीश जबराले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.