Nepal Times
Nepal Times
3
Shares

नवनियुक्त मन्त्री गुरुङलाई भेट्न मन्त्रालय पुगे अनाथ बालबालिका

नवनियुक्त मन्त्री गुरुङलाई भेट्न मन्त्रालय पुगे अनाथ बालबालिका

६ मंसिर, काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनाथ बालबालिकासँग भेट गरेका छन् ।

 

मन्त्री गुरुङले पदभार ग्रहण गरेको भोलिपल्ट शुक्रबार दिउँसो आफूलाई बधाई दिन आएका करिव ४८ जना अनाथ बालबालिकासँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेट गरेका हुन् ।

भेटका अवसरमा मन्त्री गुरुङले अनाथ बालबालिकाहरुको संरक्षणको जिम्मेवारी राज्यले लिने बताए । त्यसका लागि उनले बालबालिकासम्बन्धि ऐन, नियमको आवश्यक संशोधन तत्काल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री गुरुङले बाल गृहको नाममा ठगी खानेहरुलाई भने सरकारले कार्वाही गर्ने पनि बताए । मन्त्री गुरुङले काठमाडांैको गोकर्णस्थित संयुक्त अपांग एकता आवाज केन्द्रको संरक्षणमा रहेका ती अनाथ बालबालिकाहरुलाई यस अघि पनि सांसदहरुको रुपमा खाद्यन्न तथा लत्ताकपडालगायतका बस्तुहरुको सहयोग गर्दै आएका थिए ।

उनले अनाथ टुहुरा बालबालिकाहरुको हितमा आफू केन्द्रित हुने पनि बताए । संस्थाका अध्यक्ष तीलबहादुर कार्कीले मन्त्री गुरुङले सांसदको रुपमा आफ्नो संरक्षणमा रहेका अनाथ बालबालिकाहरुप्रति विगतमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिन पनि थप सहयोगको अपेक्षा गरिएको बताए ।

त्यस अवसरमा मन्त्री गुरुङले अनाथ बालबालिकाहरुले आफूलाई बधाई दिएर बालबालिकाको हितमा काम गर्न झनै प्रोत्साहित गरेको भन्दै खुसी व्यक्त गरेका थिए । उनले बिहीबार पदभार ग्रहण गर्दै बालविवाह अन्त्यका लागि २ महिना भित्र राष्ट्रिय कार्य योजना तय गरिसक्ने प्रस्ताव स्विकृत गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.