Nepal Times
Nepal Times
3
Shares

नवलपरासीमा अवैध हतियार सहित एक जना पक्राउ

नवलपरासीमा अवैध हतियार सहित एक जना पक्राउ

६ बैशाख, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका –५ निवासी सुनिल भेडियार पाललाई अवैध हतियार र गोली सहित प्रहरीले पक्राउ गरेको छ।

सुस्ता गाउँपालिका स्थित रामनगरबाट १ थान पेस्तोल, सोही पेस्तोलमा लोड भएको १ राउण्ड गोली, नगद ४ हजार १ सय ५० रुपैयाँ र १ थान मोबाइल सहित २२ बर्षिय पाललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५७ एजेड ५०१९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक पाललाई उक्त हतियार सहित फेला परेसङ्गै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.