×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नामै नराखी सकियो प्रदेश १ सभाको कार्यकाल

१७ भाद्र २०७९

१७ भदौ, विराटनगर ।
बाँकी ६ वटा प्रदेशले नाम र राजधानीको टुंगो लगाएर आफ्नो पाँच वर्षको कार्यकाल पूरा गर्न लाग्दा प्रदेश १ ले भने आफ्नो न्वारन नै नगरी पहिलो कार्यकालको अन्तिम बैठक टुंग्याउँदै छ । प्रदेश एक सभामुख प्रदीपकुमार भण्डारीले आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन् । यो नै प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम बैठक आज हुनेछ । असोज १ गतेबाट प्रदेशसभाको म्याद समाप्त हुने भएकाले यो नै प्रदेशसभाको ५ वर्षे कार्यकालको अन्तिम बैठक हो ।

यो बैठकपछि आजै राति १२ बजेबाट अधिवेशन अन्त्य हुने छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश मन्त्रिपरिषद्को भदौ १२ गतेको निर्णय बमोजिम शुक्रबार राति १२ बजेदेखि प्रदेशसभाको चालु बजेट अधिवेशन अन्त्य भएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । प्रदेशले आफ्नो नाम नै नराखी पहिलो कार्यकाल सकाएको छ । पाँच वर्षे पहिलो कार्यकालमा स्थायी राजधानी भने घोषणा भएको छ ।

प्रदेश १ सरकारले १० औं तथा पहिलो संसदको अन्तिम बजेट अधिवेशनमा नामको विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरेको थियो । तर पहिचान कि भूगोलका आधारमा नाम राख्ने भन्ने विषयमा सहमति नजुटेपछि नामाकरणको विषयले प्रदेशसभामा प्रवेश नै पाएन । प्रदेशसभाले कार्यकालभरिमा प्रदेशको स्थायी राजधानी विराटनगर तोक्नुका साथै प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसहित ६२ वटा विधेयक पारित गर्ने छ ।

नाम र स्थायी राजधानी तोक्ने मुख्य जिम्मेवारी पाएको प्रदेशसभाले २०७६ बैशाख २३ गते स्थायी राजधानी घोषणा गरेको थियो । शेरधन राई नेतृत्वको तत्कालीन दुई तिहाई बहुमतको सरकारले स्थायी राजधानी तोक्दै गर्दा सहमतिका लागि भन्दै नामकरणको विषय थाती राखेको थियो । त्यसयता संसदको शून्य समय र विशेष समयमा बोल्ने सांसदले पटक पटक नामकरण गर्नुपर्ने विषय उठाए पनि दलहरुको आ–आफ्नै अडानका कारण नाममाथि प्रदेश सभामा छलफल भएन ।

यस प्रदेशले हालसम्ममा तीन जना मुख्यमन्त्री र ३४ जना मन्त्री पाएको छ । तर नाम भने पाउन सकेन । दुई पूर्व मुख्यमन्त्री जस्तै हालका मुख्यमन्त्री राजेन्द्र राईले पनि आफ्नो पहिलो प्राथमिकताको काम प्रदेश १ को नामाकरण भएको बताएका थिए । नामकरणका लागि छलफल गर्न स्वास्थ्य मन्त्री जयराम यादवको नेतृत्वको समिति गठन गरे । तर समितिले पनि एउटा मात्रै छलफल गरेको थियो ।

प्रदेश १ मा दुई तिहाईका लागि एमाले कांग्रेसहितको मत आवश्यक रहन्छ । आलोपालो गरि पाँच वर्षसम्म सेवा, सुविधा थापेर पनि प्रदेश सांसदहरु र प्रदेश सरकारले प्रदेशको नामकरण नगरेको भन्दै प्रदेशवासी आक्रोशित छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ठूलो दल नेकपा एमाले भूगोलका आधारमा नाम राख्नुपर्ने पक्षमा थियो ।

माओवादी केन्द्रसहित तीन दलले पहिचानको आधारमा नाम राख्नुपर्ने बताइरहँदा नेपाली कांग्रेसले सहमतिको बिन्दु खोज्नुपर्ने बताएको थियो । तर दलहरु आआफ्नो अडानमा टसकोमस नहुँदा प्रदेश बेनामे नै रहन पुगेको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top