×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नारायणकाजी किन सन्किए ? भिडिओ भाइरल, कि रिसाउने कारण थियो ?

१३ फाल्गुन २०८१

१३ फागुन, काठमाण्डौ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उसो त आफूलाई शान्त, भद्र, साधुसन्यासी आचरणको मान्छे भन्न रुचाउँछन् । उनले आफू बस्ने घरदेखि, आफ्नो आचरणसम्म सन्यासी भएको कयौं पटक बताएका छन् ।

यद्यपि, उनी माओवादी भित्रपनि हक्की, आफ्ना कुरा प्रष्ट राख्ने, आफ्नो अडानमा डट्ने नेताका रुपमा नै चिनिन्छन् । तर सोमबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा नारायणकाजी अलि फरकरुपमा देखिए ।

उनीजस्ता नेताले सार्वजनिक कार्यक्रममा त्यो पनि आफ्नै पार्टीको कार्यक्रममा हिजो देखाएको जस्तो व्यवहार देखाउलान् भनेर सायदै कसैले सोचेका थिएनन् । तर सोमबारको घटनापछि आफूलाई सन्यासी भन्ने गरेका नारायणकाजीलाई यतिबेला सामाजिक संजालमा सन्काहा,नखरावाल,झंकाहा, घमण्डी लगायतको ट्याग झुण्ड्याइ दिइएको छ ।

त्यो पनि माओवादी नेता कार्यकर्ताहरुले नै । भएको के थियो भने, माओवादी केन्द्रले ’जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सोमबारदेखि झापाबाट सुरु गरेको छ । सोही अभियानकै उद्घाटन समारोहमा पार्टीका वरिष्ठ उपाध्यक्षको मञ्चमै पारो तात्यो, सयौं कार्यकर्ता र पार्टीअध्यक्षसहित शीर्ष नेताहरुको अगाडी, त्यो भन्दा पनि सारा मिडियाका क्यामेरा र सामाजिक संजाल प्रयोगकर्ताका मोवाइलका अगाडी ।

त्यसपछि नारायणकाजीको त्यो भिडियो भाइरल नहुने कुरै भएन । खासमा यो घटनाले माओवादी शीर्ष नेतृत्वबीचको असमझदारी पुनः सतहमा ल्याइदिएको छ । भएको के थियो भने, झापाको कचनकवलस्थित बनियानी बजारमा आयोजित कार्यक्रममा पार्टी पदाधिकारीहरूले पालैपालो मन्तव्य राखे ।

अध्यक्ष दाहालले सबै पदाधिकारीलाई बोल्न आग्रह गर्दै पार्टीभित्र उठेका प्रश्नहरूको समाधान दिन खोजिएको बताए । तर, मन्तव्यका क्रममा कार्यक्रम सञ्चालक राजु आचार्य पोडियम अगाडि उभिएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ असन्तुष्ट बनेका थिए ।

श्रेष्ठले, ‘तपाईं मलाई मन्तव्य छोट्याउनुस् भन्नलाई अगाडि देखा पर्नुभएको ?,’ भन्दै माइक छाडेका थिए । तर, सञ्चालक आचार्यले आफूले कुनै गल्ती नगरेको स्पष्ट पार्दै क्षमा याचना गरेका थिए । ‘नारायणकाजी कमरेड बोल्दा म अनायासै पोडियम अघिल्तिर पुगेछु’, आचार्यले भने,‘तर, मेरो नियत उहाँलाई चाँडो मन्तव्य सक्नु भन्ने थिएन ।’

श्रेष्ठले माइक छाडेपछि अध्यक्ष दाहालले परिस्थितिलाई सम्हाल्ने प्रयास गरे । श्रेष्ठप्रति लक्षित गर्दै भने, ‘वरिष्ठ उपाध्यक्ष सैद्धान्तिक विषय राख्न बल गर्दै हुनुहुन्थ्यो, तर उहाँले मन्तव्य नरोक्दा राम्रो हुन्थ्यो ।’ उनले यसलाई ठूलो विषय नभएको बताउँदै आत्मसमीक्षाको आवश्यकता रहेको बताएका थिए ।

यो घटनाले अध्यक्ष दाहाललाई असहज बनाएको देखिन्थ्यो । तर, दाहालले आफ्नो सम्बोधनको क्रममा भने उक्त विषयलाई सामान्यीकरण गर्ने प्रयास गरेका थिए । यस घटनाले खासगरी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीचको ‘मिसअन्डस्ट्यान्डिङ’ सतहमा आउँदा कार्यक्रम नै प्रभावित बन्न पुग्यो ।

नारायणकाजी रिसाएको भाइरल भिडियोले अहिले नकारात्मक कमेन्टहरु बटुलिरहँदा माओवादीको यो कार्यक्रम अर्को कारणले पनि आलोचित बनेको छ । त्यो हो, उसले सोमबारदेखि झापाको कचनकवलबाट सुरु गरेको भएको जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ का क्रममा सभा गर्न विद्यालय बन्द गर्न दबाब दिएको विषय ।

अभियानका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा रहेका विद्यालय मंगलबार हुने भनिएको जागरण सभामा ध्वनि प्रदुषण हुने भन्दै विद्यालय बन्द गर्न माओवादीले दबाब दिएको हो । माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गा बहादुर कार्कीले कार्यक्रमस्थल वरिपरिका विद्यालयलाई पत्र नै पठाएर विद्यालय बन्द गर्न दबाब दिएका हुन् ।

उनले विद्यालयलाई लेखेको पत्रमा कानेपोखरी–६ रमाइलोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगायतको उपस्थितिमा वृहत जनसभा हुने उल्लेख छ ।उक्त जनसभाका कारण सवारी साधन अत्याधिक भई यातायातमा समस्या आउने, उच्च ध्वनि भएका ध्वनियन्त्र प्रयोग हुने उल्लेख छ ।

 

 

जसका कारण विद्यार्थीहरूलाई ध्वनि प्रदुषणको समस्या हुने भन्दै ‘एक दिन विद्यालय बिदा गरी कार्यक्रमलाई आवश्यक सहयोग गरिदिन हार्दिक अनुरोध गर्दैछौँ’ भन्दै दबाब दिइएको हो । माओवादी कानेपोखरीका अध्यक्ष कार्कीले रमाइलो बजारस्थित रमाइलो बालजगत इङ्ग्लिस बोर्डिङ स्कुल, पल एकेडेमी र माउन्ट हर्मोन एकेडेमीलाई पत्र पठाएर विद्यालय बन्द गर्न भनेको हो।

यसबीच झापाको केचनकवलबाट सुरु नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान मोरङ आइपुगेको छ । बिहान पथरी बजार हुँदै कानेपोखरी बजार, रमाइलो बजारमा जनसभा दिउँसो सुनवर्सी नगरपालिका –९ कदमगाछीमा कार्यक्रम गर्ने भनिएको छ ।

दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी मार्गको आमबाडीमा सभा हुनेछ । दिउँसो साढे ३ बजेदेखि हुलाकी मार्गकै कर्सीया बजारमा जनसभा हुनेछ । कर्सीयाको कार्यक्रमपछि दादरबेरीयामा प्रचण्डसहितका नेताहरु बास बस्नेछन् । भोली बुधबार भने विराटनगर केन्द्रित भेटघाट कार्यक्रम छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top