×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

चितवन, १६ वैशाख ः पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी पुलसँगै आकर्षक सिग्नेचर ब्रिज बनाइने भएको छ ।

विसं २०३८ सालमा बनेको सो पुलको विकल्पका रुपमा सुन्दर नयाँ पुल निर्माण गर्न लागिएको हो ।

सडक विभागको पुल महाशाखाका प्रमुख अर्जुन थापाका अनुसार महाशाखाका प्रविधिज्ञहरुलाई चिनिया विशेषज्ञले क्षमता अभिवृद्धिका लागि तालीम दिन शुरु गरिसकेका छन् । महाशाखाले देशका विभिन्न १० वटा नदीमा अहिलेसम्मकै सबैभन्दा सुन्दर पुलहरु निर्माण गर्न लागेको हो ।

चीनका पुल विज्ञ डा चेनले हाल महाशाखाका प्रविधिज्ञहरुलाई तालीम दिइरहेका छन् । पहिलो पुल नारायणी नदीमा निर्माण गर्ने योजना छ ।

प्रमुख थापाका अनुसार चारसय मिटर लामो सो पुल चार लेनको हुनेछ । अहिले भइरहेको पुलसँग जोडेर उत्तर वा दक्षिणतर्फ पुल बनाइनेछ । आउँदो आर्थिक वर्षभित्र पुलको डिजाइन सम्पन्न गरी अर्को वर्ष टेण्डर गर्ने तयारी छ । पाँच वर्षभित्र नयाँ पुल निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको थापाको भनाइ छ ।

विश्व बैंकले महाशाखाका प्रविधिज्ञहरुको क्षमता अभिवृद्धि गर्न र दुवैतर्फ घना वस्ती भएका १० नदीहरुमा सिग्नेचर पुल निर्माणमा सहयोग गर्न रुचि देखाएपछि काम अगाडि बढेको हो । देशका राजमार्गमा एक हजार ७०० पुल रहेका छन् । नारायणी नदीसँगै बुटवलको तिनाउ, सर्लाहीको बागमती, तनहुँको दमौली, पोखराको पृथ्वीचोक लगायतका ठाउँमा सिग्नेचर पुल निर्माण गर्ने तयारी गरिएको छ ।

नारायणी नदीमा पहिलो पुल निर्माण गर्ने तय भएपनि अन्य १० ठाउँको भने टुंगो लागि नसकेको उनले बताए ।

डिजाइन सम्पन्न भएपछि यकिन खर्च रकम आउने भएपनि यो पुल बनाउन करिब एक अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

नारायणी नदीमाथिको हाल रहेको पुलको आयु ७० वर्ष छ । अब बन्ने पुल भने एक सय वर्ष आयुको हुने बताइएको छ ।
विसं २०३८ साल अघि नारायणी नदीमा डुंगा (फेरी) को सहायताले यातायातका साधन वारपार गराइन्थ्यो ।
रासस

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top