×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउँदै

११ चैत्र २०७७

११ चैत, एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी थालेका छन् ।

आउँदो अप्रिल ८ पछि हुने उक्त उडान एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा गरिएको पहिलो उडान हुनेछ ।

१.८ किलोग्राम तौल भएको हेलिकप्टरलाई वैज्ञानिकहरूले इन्जेन्युटी नाम दिएका छन् । अहिले यो हेलिकप्टर गत फेब्रुअरी १८ मा मंगल ग्रहको सतहमा अवतरण भएको अन्तरिक्ष यान पर्सिभरेन्सको रोभरभित्र छ ।

पर्सिभरेन्सले केही दिनअघिमात्रै इन्जेन्युटी हेलिकप्टरको उडानपछि अवतरण हुने ठाउँमा उसलाई जोगाउन चाहिने सामान राखिसकेको छ ।

नासाका अनुसार अहिले रोभरले हेलिकप्टरको उडान हुने ठाउँमा काम गरिरहेको छ। रोभरभित्र रहेको हेलिकप्टर सतहमा आएपछि इन्जेन्युटीले पृथ्वीको ३१ दिनभित्र पहिलो उडान गर्ने छ ।

’सन् १९९७ मा नाासाको सोजर्नर रोभर मंगल ग्रहमा अवतरण भयो, यसले रातो ग्रहमा यताउति जान सम्भव थियो भन्ने देखायो र हामीले यो ग्रहको अनुसन्धान कसरी गर्नु पर्छ भन्ने धारणा बदल्यो ।

त्यही किसिमले यसपालि हामी भावी अनुसन्धानका लागि के–के कौशल हुन सक्छन् भन्ने थाहा पाउन चाहन्छौं,’ नासा मुख्यालयको प्लानेटरी साइन्स डिभिजनका निर्देशक लोरी ग्लेजले भनेका छन् ।

मंगल ग्रहमा हेलिकप्टर उडाउनु पृथ्वीको उडानभन्दा निकै कठिन छ । मंगल ग्रहमा पृथ्वीको एक तिहाइ जति गुरूत्व बल छ तर वायु मण्डलको घनत्व पृथ्वीको सतहको घनत्वको १ प्रतिशतमात्र छ ।

दिउँसो मंगल ग्रहले पृथ्वीमा आउने सूर्यको तापभन्दा आधामात्र ताप पाउँछ राति भने यहाँको तापक्रम माइनस ९० डिग्री सेल्सियससम्म पुग्न सक्छ। जुन तापक्रमले सुरक्षा कवज नभएका इलेक्ट्रिक सामानलाई खराब बनाइदिन सक्छ ।

नासाका वैज्ञानिकहरूले इन्जेन्युटीको उडानसँगै रोभरको सुरक्षाबिना उसले मंगल ग्रहको सतहमा बिताउने रात पनि निकै चुनौतीपूर्ण हुने बताएका छन् ।

उडानअघि इन्जेन्युटीलाई १०/१० मिटरको एयरफिल्डको बीचमा राखिने छ। वैज्ञानिकहरूले केही अवरोध नहुने त्यस्तो ठाउँ खोजेर हेलिकप्टरलाई रोभरबाट निकालेर राख्नेछन्।

अर्को ग्रहमा पहिलो पटक यस्तो उडान गर्न लागेका वैज्ञानिकहरूलाई यो प्रक्रिया पछाडि फर्किने विकल्प छैन । रोभरबाट हेलिकप्टर मंगल ग्रहको सतहमा छोड्न नै ६ दिन ४ घन्टा लाग्नेछ।

सतहबाट उडेपछि इन्जेन्युटी १० फिट माथिसम्म जाने छ र ३० सेकेन्डसम्म उड्ने छ।

उडानमा हुँदा यसमा जडान भएको क्यामेराले खिचेका तस्बिर रोभरले पृथ्वीमा पठाउने वैज्ञानिकहरूले अपेक्षा गरेका छन्।

पहिलो उडान सफल भएपछि वैज्ञानिकहरूले मंगल ग्रहमा अरू पनि उडान गर्नेछन्।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top