Nepal Times
Nepal Times
3
Shares

नासाले पत्ता लगायो बसोबासका लागि उपयुक्त नयाँ ग्रह

नासाले पत्ता लगायो बसोबासका लागि उपयुक्त नयाँ ग्रह

एजेन्सी, पुस २२
अमेरिकी अन्तरीक्ष संस्था नासाले मानव बसोबासका लागि उपयुक्त ग्रह फेला पारेको छ । नासाको ग्रह खोजी अभियान अन्तर्गत भएको अनुसन्धानमा पृथ्वी भन्दा एक सय प्रकाश वर्ष टाढा सो ग्रह पत्ता लागेको होनोलुलुमा सोमबार आयोजित अमेरिकी एस्ट्रोनोमी सोसाइटिको २३५औं बैठकमा जानकारी गराइएको हो ।

पृथ्वीकै आकारको टीओआई ७०० नाम दिइएको सो ग्रह डोराडो कन्ष्टिलेशनमा पर्ने र उक्त ग्रह सानो तथा सुन्दर हुनुका साथै सूर्यको आकारभन्दा ४४ प्रतिशत मात्र रहेका जनाइएको छ ।

सो ग्रहलाई तीनवटा ताराले परिक्रमा गरी रहेको र त्यसमा तरल अबस्थामा नै पानी सतहमा रहेको अनुमान गरिएको छ । साथै उक्त ग्रहमा अक्सिजन भए नभएको बारे भने अध्ययन हुन बाँकी रहेको छ ।

स्पिटजर स्पेस टेलिस्कोपको सहयोगले सो ग्रह रहेको सुनिश्चित गरिएको र ग्रह मानव बसोबासका लागि उपयुक्त भए नभएको भन्ने बारे थप अध्ययन आवश्यक रहेको नासाले बताएको छ । सीएनएनबाट

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.