×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मानागुवा, १६ वैशाख ः निकारागुवामा न्यायमाग्दै विश्वविद्यालयका विद्यार्थीले शनिबार शान्तिपूर्णरुपमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागीले आन्दोलनमा सहभागी भई निधन भएकाप्रति तथा गएको दशकमा देशमा जारी हिंसाका कारण ज्यान गुमाएका नागरिकप्रति न्याय गर्न माग गरेका छन् ।

गएका केही दिनयतादेखि यहाँ सरकारका विरुद्धमा आन्दोलन भएको छ र यसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

सरकार विरोधी प्रदर्शनमा विश्वविद्यालयका विद्यार्थीको उल्लेख्य सहभागीतामा प्रदर्शनकारीले निलो र सेतो झण्डा देखाइएको थियो । सो प्रदर्शनमा विद्यार्थलाई अन्य युवा र ज्येष्ठ नागरिकले पनि साथ दिएका थिए ।

निकारागुवाका राष्ट्रपति डानियल ओर्टेगा र सामाजिक सुरक्षा पुनरावलोकनसम्वन्धी कानुनका विरुद्धमा आन्दोलन भइरहेको हो ।

यही अप्रिल १८ देखि निकारागुवाका विभिन्न ठाउँमा ठूला प्रदर्शन भएका सञ्चार माध्यमले जनाएका छन् ।

आन्दोलनकारीले ७२ वर्षीय वामपन्थी नेता र उनँकी श्रीमती तथा उपराष्ट्रपति रोसारिओ मुरिल्लो विरुद्ध पनि चर्को आक्रोस पोखेका छन् ।

आन्दोलनका क्रममा पसल तथा घरहरु तोडफोड र लुटपाट हुनुका साथै हिंसात्मक आक्रमणसमेत भएका पनि प्राप्त समाचारमा जनाइएको छ ।

सामाजिक सुरक्षा सुधारसम्बन्धी नयाँ कानुनको विरोधमा सुरु भएको आन्दोलन राष्ट्रपति ओर्टेगाले कानुन फिर्ता लिँदासमेत रोकिएको छैन ।
रासस

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top