×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

पोखरा , फागुन १६

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनले सिङ्गो देश नै शोकाकुल बनेको बेला उनको गृहजिल्ला कास्की निकै मर्माहत बनेको छ ।

बुधबार बिहानैदेखि नरमाइलो मौसम रहेको पोखरामा एकाएक मध्याह्नतिर मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनाको खबरले प्रत्येक कास्केलीलाई अत्यन्त चिन्तित बनाएको थियो ।

दुर्घटना र उनको निधनको पुष्टि नहुँदासम्म पोखरेलीले यो घटना सत्य सावित नहोस् भन्दै कामना गरिरहेका थिए । कास्केलीको कामनाको अन्ततः केही लागेन, मन्त्री अधिकारीको निधन भएको पुष्टि भयो ।

कास्कीको भरतपोखरी गैरागाउँमा जन्मेका अधिकारीप्रति यहाँका स्थानीयको धेरै आशा एवं विश्वास थियो । विकासप्रेमी अधिकारीकै पहलमा कास्कीमा विकास निर्माणका लागि पहल पनि उत्साहजनकरुपमा नै अघि बढेको थियो ।

मिलनसार र भद्र छविका रुपमा राजनैतिक व्यक्तिव बनाउन सफल भएकै कारण उनले कास्कीबाट लगातार तीनपटक निर्वाचन जितेका थिए ।

अधिकारीको निधनले यतिखेर कास्केली आफूले असल अभिभावक गुमाएको महसुस गर्दै चिन्तित बनेका छन् । कास्कीको साविक भरतपोखरी गाविस जामुनाबोटमा आमा लक्ष्मी र पिता इन्द्र प्रसादका जेठो छोराका रुपमा विसं २०२६ वैशाख २२ गते आइतबार अधिकारीको जन्म भएको थियो ।

गाउँकै श्री ब्रह्म ज्योति प्रावि, शान्ति पधेंरा गैरागाउँबाट प्राथमिक शिक्षा र शान्ति उदय मावि र पाण्डेथुमबाट प्रवेशिका उत्तीर्ण गरेका उनी विद्यालय अवस्थादेखि नै अनेरास्ववियु, रेडक्रस जस्ता सङ्गठन एवं सङ्घसंस्थामा क्रियाशील थिए ।

प्रवेशिका उत्तीर्ण गरेसँगै वन विज्ञान अध्ययन संस्थानमा भर्ना भएका अधिकारीले केही समयपश्चात् विसं २०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा पढ्न थाले ।

विद्यालयदेखि नै राजनीतिमा चासो राख्ने उनी विसं २०४४ मा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, विसं २०४५ मा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, विसं २०४५ मा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, विसं २०४७ मा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य बने ।

विसं २०४९ मा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापतिमा अधिकारी निर्वाचित भएका थिए । विसं २०५३ मा उनी स्ववियु काउन्सिल नेपालको संयोजक बने ।

विसं २०५६ मा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बनेका अधिकारी त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका थिए । पञ्चायतकालीन समयमा नै अत्यन्त क्रियाशील अधिकारी विसं ०४६ को जनआन्दोलनताका नै पटकपटक छ महिना जेल र हिरासतमा परेका थिए ।

पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्दानै अधिकारीले क्याम्पस भवन निर्माण, क्याम्पसगेट, बाटो निर्माणका साथै शैक्षिक वातावरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप, शैक्षिक गुणस्तर अभिवृद्धि आदिमा धेरै काम गरेका थिए ।

शिक्षामा भएको निजीकरण र व्यापारीकरण, प्रविधिक शिक्षाको विस्तार र गुणस्तरीयता, सबैका लागि गुणस्तरीय शिक्षा जस्ता आन्दोलन र राष्ट्रियताको पहरेदारी, कालापानी मार्च, सीमासुरक्षा अभियान आदिमा उनले नेतृत्व गरे ।

लक्ष्मणपुर बाँधको विरोध तथा तत्कालीन शाहज्यादा पारस शाहको ज्यादतीविरुद्धको आन्दोलनका साथै पाँच लाख २३ हÞजार हस्ताक्षर दरबारमा बुझाउने, यातायातलगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलन जस्ता धेरैमा उनले अगुवाइ गरेका थिए ।

विसं २०४५ मा पार्टीको सङ्गठित सदस्यता प्राप्त गरेका अधिकारी विसं २०३९ मा नै पार्टीको रेडगार्ड अर्गनाइजेसनमा सङ्गठित बनेका थिए ।

विसं २०४० मा इलाका पार्टी कमिटीमा, विसं २०४६ र ०४७ मा पोखरा नगर कमिटी र विसं २०४८ मा पार्टी जिल्ला कमिटीमा रहेका अधिकारी त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रहेका थिए ।

विसं २०६० मा पार्टीको कास्की जिल्ला कमिटीको सचिव बनेका अधिकारी ०६३ मा पुनःसचिवमा निर्वाचित बने । विसं ०६२÷६३ को आन्दोलन र त्यस अगाडिको प्रतिगमनविरुद्धको आन्दोलनमा पटकपटक गरी पाँच महिना जेल बसेका अधिकारी विसं २०६४ र विसं २०७० को संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित बने ।

विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद्का लागि कास्की क्षेत्र नं २ बाट निर्वाचित अधिकारी पछिल्लो समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए । यसअघि उनले विकास समितिको सभापतिका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

अधिकारीले अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाइल्याण्ड, भियतनाम, इटाली, श्रीलङ्का, रूस, क्यूबा, पाराग्वे, दक्षिण अफ्रिका, अल्जेरिया, कम्बोडिया, नर्वेलगायतका देशको भ्रमण गरिसकेका छन् ।

पोखराको पर्यटन विकास, ग्रामीण बाटो, फेवा, बेगनास, रूपालगायत ताल तलैयाको संरक्षण, सरसफाइ, पोखरा फराकिलो बनाउने, पुल निर्माण गर्ने, पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पसलगायतका शैक्षिक संस्थाको निर्माण एवं विकास आदिमा उनले उल्लेख्य भूमिका खेलेका थिए ।

उनका संविधानसभा, लोकतन्त्र र पुनसंरचना, समृद्ध नेपाल पुस्तक प्रकाशित भएका छन् । कास्कीको उदाउँदो नक्षेत्रका रुपमा रहेका अधिकारीको ४९ वर्षको अल्पायुमै निधन भएको खवर कास्केलीका लागि निकै पीडादायी बनेको छ । अधिकारीका बुबा आमा, श्रीमती र दुई छोरा छन् । रासस

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top