×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

निमित्त प्रमुखका भरमा दुई महानगर

२२ फाल्गुन २०७४

काठमाडौँ, फागुन २२
दुई महानगरपालिका अझै प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । वीरगञ्ज र विराटनगर महानगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट कामकारवाही भइरहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत रवीन्द्र थापाले बताए ।

महानगरपालिकाका लागि प्रमुख प्रशासकीय अधिकृत हुनका लागि सहसचिवको व्यवस्था भए पनि ती दुईमा भने प्रमुख प्रशासकीय अधिकृत उपसचिव तहका छन् ।

मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयसँग ती दुई महानगरका लागि पटक पटक सहसचिव माग गरे पनि पाउन सकेको छैन ।

विराटनगरमा उपसचिव प्रदीपकुमार निरौला र वीरगञ्जमा गोपालप्रसाद रेग्मीले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका छन् ।

पहिले उपमहानगरपालिका रहेका ती दुईलाई स्तरोन्नति गरेर महानगर बनाइएदेखि नै उपसचिव प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका छन् ।

शाखा अधिकृत थापाले ती दुई महानगरमा सहसचिव तहका प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको बताए ।
उपमहानगर र नगरपालिकामा भने उपसचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था गरिएको छ ।

काठमाडौँमा धनीराम शर्मा, ललितपुरमा हरिप्रसाद दाहाल, चितवनमा प्रेमराज जोशी, पोखरामा दीर्घनारायण पौडेल सहसचिव तहका प्रमुख प्रशासकीय अधिकृत छन् ।
रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top