×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

निर्माणस्थल छाड्दै नारायणगढ–बुटवल सडकमा कार्यरत कामदार

११ जेष्ठ २०७८

११ जेठ, काठमाडौँ ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहँदा नारायणगढ–बुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् ।

गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०÷७० जना मात्रै बाँकी रहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।

निर्माण व्यवसायीले क्याम्पमा मिलाएर राखेर काम गराउन चाहेपनि कामदार कोभिडकै कारणले धमाधम निर्माणस्थल छाडिरहेको आयोजनाले जनाएको छ । कतिपय कामदारको परिवारका सदस्य वा आफन्त कोभिड भएकाले काम छाडेको आयोजना प्रमुख रमेशकुमार दृष्टिले बताए।

एकै दिन वा एकै पटकभन्दा पनि कामदार बिस्तारै घटेको उनले बताए। उनले भने, “ यो अवस्थामा सुधार नभएसम्म कामदारलाई तुरुन्त काममा फर्काउन गाहे हुने देखिन्छ ।”

निर्माणस्थलमा कतिपय स्थानीयवासी त कतिपय टाढाका कामदार कार्यरत थिए । कामदारले धमाधम काम छाडेर हिंडिरहेकाले निर्माणमा बाधा पुगेको छ ।

निर्माणस्थलमा उपलब्ध जनशक्तिलाई कोभिड मापदण्डको पालना गराएर काममा लगाइएको हो । कामदारहरुलाई छुट्टाछुट्टै समूहमा रहने गरी व्यवस्था मिलाइएको उनले बताए । निर्माण अघि बढाउनका लागि स्थानीय प्रशासनबाट सहयोग भइरहेको प्रमुख दृष्टिले बताए ।

सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारलाई उच्च प्राथमितामा राखेको भएपनि आयोजना निर्माणमा विभिन्न कारणले ढिलाइ भइरहेको छ ।

कहिले वन क्षेत्रमा रुख हटाउने, कहिले कामदारले आफूहरुले पारिश्रमिक रोकिएको भन्दै केही समय निर्माण ठप्प बनाउने र गत वर्षदेखि कोभिडको असर परेको प्रमुख दृष्टिले बताए ।

समग्र ठेक्काको हिसाबले १५÷२० प्रतिशत सक्नुपर्ने भएपनि अहिलेसम्मको भौतिक प्रगति छ÷सात प्रतिशत मात्रै रहेको आयोजनाले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top