Nepal Times
Nepal Times
3
Shares

निर्माणाधिन पूर्वाधार समयमा सम्पन्न गर्ने प्रतिबद्धतापछि साग निर्धारित मितिमै हुने

निर्माणाधिन पूर्वाधार समयमा सम्पन्न गर्ने प्रतिबद्धतापछि साग निर्धारित मितिमै हुने

२४ कार्तिक, काठमाडौं । निर्माणाधिन पूर्वाधार समयमा सम्पन्न गर्ने प्रतिबद्धतापछि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने भएको छ ।

नेपाल ओलम्पिक कमिटी एवं दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले साग निर्धारित समयमै गर्ने निर्णय गरेको हो । बैठकमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र भाल्दिभ्सका प्रतिनिधि सहभागी थिए ।

साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुने तय छ । साग आउन २१ दिन बाँकी रहदा नेपालले पूर्वाधारमा सन्तोषजनक तयारी गर्न सकिरहेको छैन। उद्‌घाटन र समापनसहित हुने दशरथ रंगशाला अझै तयार भइसकेको छैन। महिला फुटबल हुने तय पोखरा रंगशालाको गति पनि उस्तै छ। सातदोबाटोमा बन्दै गरेको हिटिङ सिस्टमसहितको पौडी पोखरीले बल्ल आकार लिन थालेको अवस्था छ।

पूर्वाधार समयमै सम्पन्न नहुँदा साग हुनेमै शंका व्यक्त गर्न थालिएको थियो। यी पूर्वाधारको विषयमा शनिबार भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठममा नेपालबाहेकका ६ राष्ट्रले प्रश्न उठाएका थिए। जसमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिवलालले साग अघि नै पूर्वाधार निर्माण सकिने प्रतिबद्धता जनाएका थिए। दुवै जनाले कात्तिकको अन्त्यमा पूर्वाधार निर्माण सकिने प्रतिबद्धता जनाएका थिए।

बैठकले २ वर्षपछि हुने १४औं साग आयोजना गर्न पाकिस्तानले गरेको प्रस्ताव स्विकृत समेत गरेको छ। सागमा २७ खेलमा प्रतिस्पर्धा हुने तय भए पनि प्याराग्लाइिङमा सहभागी देश संख्या नपुग्ने देखिएको छ।

नेपालले २७ खेलमै भाग लिन नाम दर्ता गराएको छ। श्रीलंका र बंगलादेशले समान २५ खेलमा भाग लिने पक्का भइसकेको छ। पाकिस्तानले १८, भारतले १७, भुटानले १४ र माल्दिभ्सले ११ खेलमा मात्र सहभागिता जनाउनेछन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.