×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

निर्लज्ज दृश्यः KIIT मा नेपालीको पीडामा सांसदको हाँसो

६ फाल्गुन २०८१

६ फागुन , काठमाण्डौ ।

भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्युको घटना ,त्यसको छानविन र न्यायको माग गर्ने नेपाली विद्यार्थी माथिहरु नै निष्काशन गरिएको घटनापछि नेपालीजन स्तब्ध छन् ।

प्रधानमन्त्री केपीशर्मा ओलीले घटनाप्रति दुःख ब्यक्त गर्दै भारतसँग कुरा गर्ने बताए भने भारतस्थित नेपाली दुताबासपनि मृत्युको अनुशन्धान र विद्यार्थीमाथि गरिएको दुव्र्यवहारको घटनाप्रति चिन्तित रहदै तत्काल भारतीय पक्षसँँग संवादमा जुट्यो ।

यो विषय नेपालको संसदमा समेत प्रवेश भयो । संसदमा यही विषय उठाउनका लागि समय माग गर्दा बोल्न समय नदिएको भन्दै रास्वपा सांसद सुमना श्रेष्ठले संसद बैठक नै बहिष्कार गरिन् । मंगलबारको संसद बैठकमा गृहमन्त्री रमेश लेखले प्रकृतिको रहस्यमय मृत्युको विषयमा संसदमा जानकारी दिएका छन् ।

उनले घटनामा छात्रावासबाट निकालिएका विद्यार्थीको पढाई र सुरक्षाको सुनिश्चितता भइसकेको दाबी गरे । बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले नेपाली दुतावासले आग्रह गरेसँगै उक्त विश्वविद्यालयको छात्रावासले विद्यार्थीलाई फर्कन आग्रह गरेको बताए ।

उनले भने ‘नेपाली विद्यार्थीलाई त्यहाँ छात्रावासबाट बाहिर गर्ने काम भयो । त्यसपछि हाम्रो दिल्लीस्थित दुतावासले यसमा काम गरेको छ । दुतावासका पदाधिकारी भारत सरकार, ओडिसाको प्रदेश सरकार र कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजी (केआइआईटी)का रजिष्टार लगायको निरन्तर सम्पर्कमा रहेको छ ।

र हाम्रो दुतावासले गरेको अनुरोधअनुसार छात्रावासबाट हटाइएका नेपाली विद्यार्थीलाई सुरक्षित छात्रावासमा फर्काउनका लागि दुतावासले आग्रह गरेको थियो । केही समय पहिला सम्बन्धीत शैक्षिक संस्थाले स्टेटमेण्ट नै जारी गरेर नेपाली विद्यार्थीलाई फर्कनका लागि आग्रह गरेको छ र उनीहरुको पढाई तथा सुरक्षाको समेत सुनिश्चितता गरेको छ ।

त्यो वक्तव्य हामीले प्राप्त गरेका छौं । हाम्रा विद्यार्थी सुरक्षित रहनेछन् यसबारे सरकार गम्भिर छ । प्रकृति लम्सालको मृत्यु घटनाको स्वतन्त्र छानविन गर्नको लागि भारतस्थित हाम्रो दुतावासले भारत सरकारका सबै निकायको गम्भिर ध्यानाकर्षण गरेको छ ।’

गृहमन्त्रीले एउटा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु र त्यसपछि नेपाली विद्यार्थीहरुले भोग्नुपरेको दुव्वर्यवहारको गम्भिर विषयमा जानकारी दिँदै गर्दा प्रतिनिधिसभा बैठकमा रहेका केही माननीयहरु भने खित्का छाडेर अट्टाहास गरिरहेको दृश्य देखिएको छ ।

हरेक नेपालीलाई पीडाबोध गराएको यति गम्भिर विषयमा गृहमन्त्रीले सम्बोधन गर्दै गर्दा यसरी हाँसोको फोहोरा छाड्ने माननीयहरु भने अरु कोही नभएर सत्तारुढ दलका दुई महिला सांसद नै रहेका छन् ।

यो विषयमा आजको राष्ट्रियसभामा पनि उठेको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणको छानबिन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

आज बसेको राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा सांसदहरूले उठाएपछि लम्सालको रहस्यमय मृत्युको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले भने, ‘यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रूपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’

उक्त कलेजमा अध्ययनरत नेपाली छात्र छात्राले सुरक्षित वातावरणमा निर्भीकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरेको छ। संसदमा गृहमन्त्रीले समस्या समाधान भइसकेको भनेर हिजै जानकारी दिए ।

तर आजसम्म पनि त्याहा अध्ययनरत नेपाली विद्यार्थीको अवस्था उस्तैछ । कलेजको सूचनापछि पनि नेपाली विद्यार्थीहरु आफ्ना केही मागसहित कलेजप्रशासनको जवाफको प्रतिक्षामा छन् भने केही विद्यार्थी कलेज पुगेका छन् ।

तर कलेजमा फर्किएका विद्यार्थीहरुलाई माफी माग्न लगाई अब यस्तो काम नगर्ने भन्दै हस्ताक्षर गर्न लगाइएको खुलेको छ । अहिले नेपाली दूताबासका प्रतिनिधि ओडिसामा विद्यार्थीको सम्पर्कमा पुगेका छन् भने कलेल प्रशासनले कर्मचारीहरुलाई निलम्बित गरेको छ ।

केआईआईटी कलेजले बुधबार जारी गरेको विज्ञप्तिमा दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पनि पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको उल्लेख छ ।

केआईआईटी मा बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लामसालको आइतबार होस्टल कोठामा शव फेला परेको थियो । तर केआईआईटी प्रशासनले मृतक छात्राले आत्महत्या गरेको दाबी गर्दै घटनाको अनुसन्धान भइरहेको बताएको छ।

भुवनेश्वरका डीसीपी पिनाक मिश्राले भनेका छन्, “छात्राको आत्महत्यासम्बन्धी घटनामा एक जना विद्यार्थीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको छ।“ अनुसन्धानका लागि छात्राको मोबाइल, ल्यापटप र अन्य उपकरण जफत गरिएको छ।

तर यो घटनापछि न्यायको माग गरिरहेका नेपाली विद्यार्थीहरूलाई उल्टै होस्टल खाली गर्न निर्देशन दिएपछि यसको सर्वत्र आलोचना भएको छ । यो घटनापछि नेपालमा पनि विरोध सुरु भएको छ। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भारतको ओडिशा राज्यस्थित केआईआईटीमा मृत फेला परेकी लम्सालको न्यायको माग गर्दै प्रदर्शन थालेको छ।

नेविसंघ त्रिचन्द्र बहुमुखी क्याम्पस समितिले मंगलबार बिहान क्याम्पस गेटमा प्रदर्शन गरेको छ। यसअघि नेविसंघ पद्मकन्या बहुमुखी क्याम्पस समितिले क्याम्पस गेटमा प्रदर्शन गरेको थियो। घटनाको विरोधमा नेविसंघसहित देशभर अन्य विद्यार्थी संगठनहरूले आक्रोश व्यक्त गरेका छन्।

विद्यार्थीहरूले नेपाली विद्यार्थीमाथि भारतमा हेपाहा प्रवृत्ति देखिएको आरोप लगाएका छन्। साथै, उच्च शिक्षाका लागि ठूलो संख्यामा नेपाली विद्यार्थी भारत जाने क्रम जारी रहेको हुँदा सुरक्षाको ग्यारेन्टी सुनिश्चित गर्न नेपाल सरकारसँग माग गरिएको छ।

तक नेपाली विद्यार्थी प्रकृतिलाई सोही विश्वविद्यालयमा अध्ययनरत एक छात्राले बारम्बार मानसिक तनाव दिइरहेको खुलेको छ। पूर्वप्रेमी अद्विक श्रीवास्तवले बारम्बार मानसिक तनाव दिएपछि उनले विश्वविद्यालय प्रशासनमा एक महिना अघि नै उजुरी दिएको उनका साथीहरूले बताएका छन्।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top