Nepal Times
Nepal Times
3
Shares

निर्वाचनका लागि प्रहरीले माग्यो १२ अर्ब

निर्वाचनका लागि प्रहरीले माग्यो १२ अर्ब

६ माघ, काठमाडौं ।

नेपाल प्रहरीले आसन्न मध्यावधि निर्वाचनका लागि संगठनलाई कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानित खर्च विवरण गृह मन्त्रालयमा पेश गरेको छ ।

२०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्चको आधारमा नयाँ विवरण तयार पारेर खर्च विवरण पेश गरिएको प्रहरी स्राेतले जनाएकाे छ ।

प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्नाका लागि साढे ५ अर्ब लाग्ने अनुमान गरेकाे छ । त्यस्तै साधारणतर्फ ३ अर्ब र पुँजीगततर्फ ४ अर्ब खर्च हुने अनुमान गरिएकाे विवतरण पेश भएकाे मन्त्रालयका एक अधिकारीले बताए ।

साधारणतर्फ तलब, भत्ता लगायत राखिएको छ भने पुँजीगततर्फ प्रहरीले सवारीसाधन, सञ्चार सेट लगायतका उपकरण माग गरेको छ ।  प्रहरीले अघिल्लो निर्वाचनका वेला पनि नयाँ गाडी नआएकाले यसपटक कम्तिमा दुई सय बढी पिकअप गाडी चाहिने भनेको छ । सञ्चार सेटसमेत अपर्याप्त रहेको भनिएको छ ।

सरकारले वैशाखका लागि घोषणा गरेको मध्यावधि निर्वाचन हुन्छ/हुँदैन भन्ने अन्यौलताका बीच सुरक्षा निकायले निर्वाचनको तयारी गरिरहेको छ । यद्यपि, म्यादी प्रहरी भर्ना जस्ता कार्यका लागि भने सर्वोच्च अदालतको आदेश कुरिरहेको छ । हाल संसद विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्धको रिटमाथि अदालतमा सुनुवाई भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.