Nepal Times
Nepal Times
3
Shares

निषेधाज्ञामा पनि उपत्यकाका पेट्रोल पम्प खुला रहने

निषेधाज्ञामा पनि उपत्यकाका पेट्रोल पम्प खुला रहने

१५ वैशाख, काठमाडौं । बिहीबारबाट सुरु निषेधाज्ञामा पनि उपत्यकाका पेट्रोल पम्प खुला रहने भएको छ ।

निषेधाज्ञाको बेला सञ्चालनमा आउने अत्यावश्यक ढुवानीलाई इन्धन वितरण सहज बनाउन पेट्रोलियम पदार्थको बिक्री वितरण जारी राख्ने निर्णय भएको नेपाल आयल निगमले जनाएको छ ।

उपत्यकामा पेट्रोलियम पदार्थको बिक्री नियमित गर्न बागमती प्रादेशिक डिपो थानकोटलाई निर्देशन दिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

साथै देशैभर केहीदिनदेखि पेट्रोलियम पदार्थको खपत र मौज्दात बढेको भन्दै उनले इन्धनको आपूर्तिमा कुनै समस्या नरहेको र इन्धन पाइँदैन कि भन्ने चिन्तामा नपर्न उपभोक्तालाई आग्रह समेत गरे ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.