Nepal Times
Nepal Times
3
Shares

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा भिड बढ्यो (फाेटाे फिचर)

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा भिड बढ्यो (फाेटाे फिचर)

२५ भदौ, काठमाडौँ ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै भिडभाड बढेको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले बुधबार मध्यरात देखि निशेधाज्ञाको मोडालिटी परिवर्तन गरी खुकुलो बनाएसँगै बिहीबार भिडभाड बढेको हो ।

बिहीबार दिउँसो उपत्यकाका विभिन्न ठाउँमा पुग्दा भिडभाड बढेको पाइएको छ । उपत्यकाको सहिद गेट, न्यूरोड, बसन्तपुर, असन, दरबारमार्ग लगायतका क्षेत्रमा पुग्दा भिडभाड देखिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै पसल, व्यवसाय सञ्चालनमा आएका छन् । त्यस्तै निजी क्षेत्रका कार्यालयहरु पनि खुलेका छन् ।

सडकमा निजी र सार्वजनिक यातायात दुवै चलेका छन् । जसले गर्दा उपत्यकाका मुख्य सडकमा सवारी चाप बढेको छ । मानिसहरुको आवागमन पनि बढी देखिन्छ । उपत्यकाका तीन वटै जिल्लाका प्रशासन कार्यालयले भदौ ३ गते मध्यरात देखि निषेधाज्ञा जारी गरेका थिए ।

तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबारको बैठकले भदौ ३१ गते सम्म निषेधाज्ञा जारी राख्दै केही सेवा क्षेत्र सञ्चालन गर्न दिने निर्णय गरेका थियो । उपत्यकामा दिनँहु संक्रमित भने बढ्दै गएका छन् । काठमाडौंमा मात्रै आज बिहीबार ४ सय ९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण देखिएको छ ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.