Nepal Times
Nepal Times
3
Shares

नेकपाको प्रवास समन्वय कमिटी गठन

नेकपाको प्रवास समन्वय कमिटी गठन

१ मंसिर, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवास समन्वय कमिटी पनि गठन गरेको छ । पार्टीको आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गर्ने निर्णय गरेको हो ।

प्रवासी नेपालीहरुको बीचमा समन्वय, सम्पर्क, एकता र मेलमिलापको भाव विकसित गर्ने उद्देश्यका सो समन्वय कमिटी गठन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले सो समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी भने विन्दा पाण्डेलाई दिएको छ । त्यसैगरी सहइन्चार्जमा लक्ष्मण पन्त, अध्यक्षमा युवराज चौंलागाईँ र सचिवमा श्रीप्रसाद साहलाई चयन गरिएको छ । सो समन्वय समितिको सदस्यमा भने दिल विक रहेका छन ।

नेकपाले प्रवासमा पार्टी कमिटीहरु भने गठन नगर्ने निर्णय पनि गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.