×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेकपाको भविष्य कता ? को बन्छ आधिकारिक ?

२८ पुस, काठमाडाैँ ।
प्रतिनिधि सभाको विघटन पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई कित्तामा विभाजित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा प्रतिनिधि सभा विघटनको पक्षमा कार्यकर्ता भेला तथा प्रशिक्षणका लागेको छ भने पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालको नेतृत्वमा प्रतिनिधि सभा विघटनको विपक्षमा सडक संघर्षमा छ । प्रचण्ड–माधव पक्षले सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि नै आशंका गरिरहेका छन् भने ओली पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोगको फैसला आफ्नो पक्षमा हुनेमा विश्वस्त देखिएका छन् ।

पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरेसँगै नेपालको राजनीति तातेको छ । कोभिड संक्रमणको कारण गत वर्ष चैत्रदेखि सुनसान बनेको सडकहरु प्रतिनिधि सभा विघटनको पक्ष विपक्षमा प्रदर्शन गर्ने थलो बनेको छ । प्रधानमन्त्री ओलीको यस कदमलाई असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगामी कदमको संज्ञा दिदैँ सम्पूर्ण राजनीतिक दलहरु आ–आफ्नो विरोधको कार्यक्रम गरिरहेका छन् । नागरिक समाज, बुद्धिजिवी लगायत सबै आन्दोलनको कार्यक्रम गरिरहेका छन् । भलै, प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन छ । तर सबै राजनीतिक दलहरु यसको विरोधमा सडकमा उत्रिइरहेको बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भने यसको पक्ष र विपक्षमा बाँडिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर प्रतिनिधि सभा विघटनको पक्षमा छ भने पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर विपक्षमा उभिएको छ । नेकपा विभाजित बनेको छ तर नेकपाको आधिकारिकताको विषय पनि निर्वाचन आयोगमा विचाराधिन रहेको छ । दुवै पक्षले आफुलाई आधिकारिकता दिन माग गरिरहेका छन् । यता उपाध्यक्ष वामदेव गौतम भने नेकपालाई फुटबाट बचाउने भन्दै एकता राष्ट्रिय अभियान घोषणा गर्दै एकताको पक्षमा छुट्टै समुहको अभ्यास गरिरहेका छन् । सर्वोच्चले कसको पक्षमा फैसला गर्ला, नेकपा आधिकारिकता कसले पाउँला, सरकारले वैशाख १७ र २७ मा घोषणा गरेको निर्वाचन होला, नहोला र आन्दोलनरत राजनीतिक दलहरुले कस्तो बाटो अपनाउलान यतिखेर आम चासोको विषय बनेको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य देव गुरुङ प्रतिनिधि सभा विघटनको मुद्दा प्रधानन्यायाधिशको एकल इजलासबाट संवैधानिक इजलासमा पठाउने निर्णय बेठीक भएको बताउछन् । प्रतिनिधि सभा विघटन सम्बन्धी परेको मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकारभित्र नपर्ने उनको भनाई छ । संवैधानिक इजलासमा पठाउनु, इजलासमा वरियताक्रम मिच्नु जस्ता कुराहरुले सर्वोच्च अदालतले न्याय निष्पक्ष र स्वतन्त्र रुपमा दिने कुरामा प्रश्न उठेको उनले बताए । गल्ती सच्याउँदै प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा बृहत इजलासमा पठाउनुपर्ने उनको भनाई छ । निर्वाचन आयोगले पनि दलको आधिकारिकता दिन ढिला गरेको भन्दै उनले आयोग राजनीतिबाट प्रभावित भएको हो कि भन्ने शंका उठ्ने ठाउँ रहेको बताए ।


नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटीका आमन्त्रित सदस्य तथा प्रधानमन्त्री ओली पक्षिय नेता केशव बडाल प्रतिनिधि सभा विघटनको कदम प्रधानमन्त्री ओलिको बाध्यात्मक कदमका रुपमा रहेको बताउँछन् । राष्ट्रलाई अरु अप्ठ्यारो परिस्थितीबाट जोगाउन राजनीतिक कदम चालिएको उनको भनाई छ । जनताको ताजा जनमत लिने कुरा संविधान विरोधी नभएको उनले बताए । सर्वोच्च अदालतले प्रतिनिधि सभाको चुनावमा जाने बाध्यकारी परिस्थिति बुझेर फैसला गर्ने उनले विश्वास व्यक्त गरे । उनले केपी शर्मा ओली पक्षधर सँग नै पार्टीको आधिकारिकता रहेको दाबी गरेभने प्रतिनिधि सभाको विघटन पश्चात पार्टी जागरुक भएको बताए । दैनिक हुने सभा समारोहहरुले केपी ओलीको नेतृत्वमा मात्रै पार्टीले गतिशिलता पाउन सक्नेरहेछ भन्ने प्रमाणित गरेको उनको भनाई छ ।

दुई वर्षमा एकिकरणका सम्पूर्ण काम सक्ने भन्दै २०७५ जेठ ३ गते एकिकृत भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) साढे दुई वर्ष पुरा हुँदा नहुँदै विभाजित बनेको छ । स्थिर सरकार, विकास र समृद्धिको सपना देखाएर करिब दुई तिहाई जनमत पाएको पार्टीकै आन्तरिक किचलोका कारण प्रतिनिधि सभा विघटन हुन पुगेको छ । यसले नेकपाको भविष्य माथि मात्रै होईन देशको राजनीति र राजनीतिक प्रणाली माथि नै प्रश्न चिन्ह खडा भएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top